वडामै योजना सम्झौता « Khabarhub

वडामै योजना सम्झौता


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दैलेख– महाबु गाउँपालिकाले वडामै योजनाको सम्झौता गर्न थालेको छ । छ वडा रहेको गाउँपालिकाले सुरुमा वडा नं ६ मा विनियोजित योजनाको सम्झौता गरेको हो । 

यसरी अन्य सबै वडामा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिलाई राहत हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए। उनले भने, ‘गाउँपालिकाका कार्यवाहक अध्यक्षको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालन गर्ने योजनाको सम्झौता गर्न थालिएको हो, योजना सम्झौता गर्न उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ 

गाउँपालिकाले योजना सम्झौतासँगै वडा तहमै उपभोक्ता समितिको नाममा खाता खोलिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा पाण्डेले बताइन् । चालू आर्थिक वर्षमा सञ्चालन हुने सबै योजना वडा तहमै सम्झौता गरिने उनले जानकारी दिइन्। वडामै पुगेर योजना सम्झौता गर्दा त्यस ठाउँका जनताको भावना, चाहना तथा समस्याका बारेमा जानकारी प्राप्त हुने र योजना सञ्चालनमा सहज हुने उनले बताइन् ।

उनका अनुसार गाउँपालिका महातहका योजना कूलो मर्मत, साना सिँचाइ, सडक निर्माण तथा मर्मत, कुलो मर्मत, खानेपानी तथा सरसफाइ योजना लगायतका योजनाको सम्झौता गरिएको छ । वडाबाट सेवा पाउने भएपछि स्थानीयलाई राहत मिलेको छ । उनले सेवाग्राहीलाई सरल, सुलभ सेवाका साथै आउँदा, जाँदा तथा बास बस्दाको खर्च बचत हुने र समयसमेत सदुपयोग हुने बताइन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : १३ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना