वडामै योजना सम्झौता | Khabarhub Khabarhub

वडामै योजना सम्झौता


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दैलेखमहाबु गाउँपालिकाले वडामै योजनाको सम्झौता गर्न थालेको छ । छ वडा रहेको गाउँपालिकाले सुरुमा वडा नं ६ मा विनियोजित योजनाको सम्झौता गरेको हो । 

यसरी अन्य सबै वडामा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिलाई राहत हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए। उनले भने, ‘गाउँपालिकाका कार्यवाहक अध्यक्षको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालन गर्ने योजनाको सम्झौता गर्न थालिएको हो, योजना सम्झौता गर्न उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ 

गाउँपालिकाले योजना सम्झौतासँगै वडा तहमै उपभोक्ता समितिको नाममा खाता खोलिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा पाण्डेले बताइन् । चालू आर्थिक वर्षमा सञ्चालन हुने सबै योजना वडा तहमै सम्झौता गरिने उनले जानकारी दिइन्। वडामै पुगेर योजना सम्झौता गर्दा त्यस ठाउँका जनताको भावना, चाहना तथा समस्याका बारेमा जानकारी प्राप्त हुने र योजना सञ्चालनमा सहज हुने उनले बताइन् ।

उनका अनुसार गाउँपालिका महातहका योजना कूलो मर्मत, साना सिँचाइ, सडक निर्माण तथा मर्मत, कुलो मर्मत, खानेपानी तथा सरसफाइ योजना लगायतका योजनाको सम्झौता गरिएको छ । वडाबाट सेवा पाउने भएपछि स्थानीयलाई राहत मिलेको छ । उनले सेवाग्राहीलाई सरल, सुलभ सेवाका साथै आउँदा, जाँदा तथा बास बस्दाको खर्च बचत हुने र समयसमेत सदुपयोग हुने बताइन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : १३ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार