बार काउन्सिलले अदालतको अवहेलना गरेको निवेदन सर्वोच्चमा भएन दर्ता « Khabarhub

बार काउन्सिलले अदालतको अवहेलना गरेको निवेदन सर्वोच्चमा भएन दर्ता


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सामेल नगराएर नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) ले अदालतको अवहेलाना गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता गर्न गएको रिट अस्विकार भएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई पनि अधिवक्ताको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो । काउन्सिलले लिने अधिवक्ताको परीक्षा यही पुस १३ र १४ गते हुँदैछ । काउन्सिलले खुला विश्वविद्यालयका परीक्षार्थीलाई यो परीक्षामा सहभागी नगराउने भएको छ ।

परिषदले सर्वोच्चको आदेश नमानेर अदालतको अवहेलना गरेको भन्दै परीक्षार्थीका तर्फबाट मनिषा गौतमले विहीबार सर्वोच्चमा रिट दर्ता गर्न गएकी थिइन् । तर, सर्वोच्चले उक्त रिट दर्ता नगरेको बताइएको छ ।

यसअघिको समाचारमा दर्ता भन्ने उल्लेख भएकोमा क्षमा याचनासहित सच्याइएको छ – सं 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : २५ बजे

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।