बार काउन्सिलले अदालतको अवहेलना गरेको निवेदन सर्वोच्चमा भएन दर्ता « Khabarhub

बार काउन्सिलले अदालतको अवहेलना गरेको निवेदन सर्वोच्चमा भएन दर्ता


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौंखुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सामेल नगराएर नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) ले अदालतको अवहेलाना गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता गर्न गएको रिट अस्विकार भएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई पनि अधिवक्ताको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो । काउन्सिलले लिने अधिवक्ताको परीक्षा यही पुस १३ र १४ गते हुँदैछ । काउन्सिलले खुला विश्वविद्यालयका परीक्षार्थीलाई यो परीक्षामा सहभागी नगराउने भएको छ ।

परिषदले सर्वोच्चको आदेश नमानेर अदालतको अवहेलना गरेको भन्दै परीक्षार्थीका तर्फबाट मनिषा गौतमले विहीबार सर्वोच्चमा रिट दर्ता गर्न गएकी थिइन् । तर, सर्वोच्चले उक्त रिट दर्ता नगरेको बताइएको छ ।

यसअघिको समाचारमा दर्ता भन्ने उल्लेख भएकोमा क्षमा याचनासहित सच्याइएको छ – सं 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : २५ बजे

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ