चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक « Khabarhub

चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फाल्गुन २५ बाट प्रदर्शनमा आउने अभिनेत्री रेखा थापाको चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ।

 सार्वजनिक गीतमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिशा हमाल, शिशिर राणा, निर्मल शर्मा, कुमार पौड्याल, राजाराम पौड्याल, किरण केसी र रामचन्द्र अधिकारिले ठुमका लगाएका छन्। डान्सिङ नम्बर गीतमा कविराज गहतराजको कोरीयोग्राफ रहेको छ। 

‘मुटुको चार आना’ बोलको गीतमा गायिका समीक्षा अधिकारी र महेन्द्र बिकको स्वर सुन्न सकिन्छ। ठूलो ब्यानरको सिनेमाका लागि गीत गाउन पाउँदा आफू निकै हर्षित भएको समीक्षाले बताएकी छन्। उनी भन्छिन्, ‘रेखा थापाको लागि स्वर भर्न पाउछु भनेर सोचेको पनि थिइन । तर, जीवनमा नसोचेकै कुरा हुँदो रहेछ।’

गायक महेन्द्र पनि आफ्नो करिअरको सुरुवातमै ठूलो ब्यानरको सिनेमाको लागि गीत गाउँदा मख्ख छन्। महेन्द्र नेपाल आइडल, दि भ्वाइस अफ नेपाल, भ्वाइस अफ युनिभर्स जस्ता रियालिटी शो मा सहभागी भएर आफूलाई अगाडि बढाइरहेका छन्। गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ। 

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरि, समर्पण जंग कार्की लगायतका कलाकारको अभिनय रहेको छ। विष्णु कल्पितले छायांकन गरेको सिनेमालाई मित्र डी गुरुङले सम्पादन गरिरहेका छन् । सुलक्षण भारतीको कथा रहेको सिनेमामा  सुलक्षणसंगै अभिमन्यु नीरवी, माधव शर्माले स्क्रीनप्ले र डायलग लेखेका हुन्।  

जे होस्, रेखा फिल्म्स र कपनगढी फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमामा सुलभ प्रतीक र समीक्षा देउजा निर्माताको रुपमा छन् भने बलराम शाही ठकुरी सिनेमाको कार्यकारी निर्माता हुन्। सिनेमामा अनुपम गौतमको भीएफएक्स रहेको छ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ३० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल