पोखरालाई पन्छाउँदै ललितपुर पुग्यो एनएसएलको फाइनलमा « Khabarhub

पोखरालाई पन्छाउँदै ललितपुर पुग्यो एनएसएलको फाइनलमा


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।  आज भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोल हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सीमित ललितपुरले पोखरामाथि जित निकाल्न सफल भयो  ।

खेलको ३३ औँ मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समेटिएको थियो । ललितपुरका लागि पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पोखराका लागि दोस्रो हाफमा पापा अनोरले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल एक एक गोलमा सकिएपछि खेल निर्धारित समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफमा ललितपुरका कुशल देउवाले गोल गर्दै जित दिलाए । अब ललितपुरले धनगढीसँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

पहिलो क्वालिफायरमा धनगढीसँग हारेको पोखरा आज ललितपुरसँग हार्दै फाइनल पुग्नबाट बाहिरियो । ललितपुरले भने काठमाडौंलाई पन्छाउँदै क्वालिफायर यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ८ : २३ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट