पोखरालाई पन्छाउँदै ललितपुर पुग्यो एनएसएलको फाइनलमा « Khabarhub

पोखरालाई पन्छाउँदै ललितपुर पुग्यो एनएसएलको फाइनलमा


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।  आज भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोल हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सीमित ललितपुरले पोखरामाथि जित निकाल्न सफल भयो  ।

खेलको ३३ औँ मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समेटिएको थियो । ललितपुरका लागि पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पोखराका लागि दोस्रो हाफमा पापा अनोरले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल एक एक गोलमा सकिएपछि खेल निर्धारित समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफमा ललितपुरका कुशल देउवाले गोल गर्दै जित दिलाए । अब ललितपुरले धनगढीसँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

पहिलो क्वालिफायरमा धनगढीसँग हारेको पोखरा आज ललितपुरसँग हार्दै फाइनल पुग्नबाट बाहिरियो । ललितपुरले भने काठमाडौंलाई पन्छाउँदै क्वालिफायर यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : २३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको