कांग्रेस बैठक : नयाँलाई अवसर दिन माग,पार्टी सरकारमा भएको अनुभूति नभएको गुनासो « Khabarhub

कांग्रेस बैठक : नयाँलाई अवसर दिन माग,पार्टी सरकारमा भएको अनुभूति नभएको गुनासो


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँलाई अवसर दिन र पटक–पटक अवसर पाएका तथा चुनाव हारेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन कांग्रेसका केन्द्रीय सदस्यहरुले नेतृत्वसँग माग गरेका छन् ।

आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यले अवसर नपाएका अनुभवी र विज्ञलाई उम्मेदवार बनाउन पार्टी सभापतिलाई आग्रह गरेका हुन् ।

कांग्रेसले पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बैठक बोलाएको थियो । बैठकमा छलफलका लागि थप ६ वटा एजेण्डा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेका थिए ।

बैठकमा महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेस, मेलमिलाप दिवसको एजेण्डा छ । बैठकमा एजेण्डा पेस भएपछि अर्का महामन्त्री गगन थापाले पार्टीको सांगठनिक विषय प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाले महासमिति बैठक तयारी, इकोनोमिक कन्क्लेभ, डिजिटल कांग्रेस र पुस्तकालय निर्माणका विषय अन्तिम चरणमा पुगेको बताएका थिए । समुदायमा कांग्रेस अभियानमा जुन तहमा समस्या भेटिन्छन् त्यही तहमा समाधान गर्ने गरी अघि बढ्नुपर्ने थापाको भनाइ थियो ।

केन्द्रीय कार्यसमिति बैठकको पहिलो दिनमा करिब दुई दर्जन केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । उनीहरुले राष्ट्रियसभा सदस्य निर्वाचनमा पटक–पटक पराजितलाई उम्मेदवार बनाउन नहुनेमा जोड दिए ।

भ्रष्टाचारका हरेक कान्डमा कांग्रेस संरक्षक भएको जस्तो सन्देश जान थालेको भन्दै त्यसको प्रतिवाद नेतृत्वबाटै हुनुपर्नेमा उनीहरुको जोड थियो । पार्टी सरकारमा भएको अनुभूति समेत गर्न नपाएको अधिकांश सदस्यको गुनासो थियो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : ४७ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले