पाथीभराको भेटी साढे आठ करोड « Khabarhub

पाथीभराको भेटी साढे आठ करोड


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोड रुपैयाँ भेटी सङ्कलन भएको छ । भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा आज पत्रकार सम्मेलन गर्दै गत मङ्सिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको जनाएको छ ।

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रुपैयाँ भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।

सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।

सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ । खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रुपैयाँ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १० : ०५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि