एकीकृत समाजवादीको बैठक : ५० प्रतिशत केन्द्रीय सदस्य ५० वर्षमुनिका बनाउन माग | Khabarhub Khabarhub

एकीकृत समाजवादीको बैठक : ५० प्रतिशत केन्द्रीय सदस्य ५० वर्षमुनिका बनाउन माग


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) मा ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग उठेको छ । जारी सातौँ केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका हुन।

बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक शुक्रबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १० : १४ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने