धरानका मेयर साम्पाङले उद्दण्डता देखाएको ५ दलको निष्कर्ष « Khabarhub

धरानका मेयर साम्पाङले उद्दण्डता देखाएको ५ दलको निष्कर्ष


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.7k
Shares
  • change font
  • change font
  • change font

विराटनगर – धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले निष्कर्ष निकालेका छन ।

धरानका मेयर साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पाङ मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् । आज संयुक्त प्रेस विज्ञप्ति जारी गदै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पाङ विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम गरेको आरोप समेत लगाएका छन।

दलहरूले धरान उपमहानगर प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको निष्कर्ष निकालेका छन । निकालेका छन । उनीहरूले यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको बताएका छन ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भई रहेको छ । २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले उपमहानगर प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरी रहेको छ । जन लोकतन्त्रको सुन्दर पक्ष हो । तर विडम्बना धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्ति आए देखि निरन्तर व्यवस्था माथि प्रहार भइरहेको छ ।’

दलहरूले उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भिल्लामा राखिएको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएको प्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् । धरानका प्रमुख साम्पांगले आज आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ११ : १५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी