स्वास्थ्यमा जनशक्ति अभाव छैन, वितरणमै समस्या छ « Khabarhub

स्वास्थ्यमा जनशक्ति अभाव छैन, वितरणमै समस्या छ

सेवा गर्ने भावनाका चिकित्सक नेपालमै छन्



मेडिकल शिक्षाको विषयमा सबैले नकारात्मक मात्र बोलेको देखिन्छ। तर सकारात्मक रूपमा पनि अगाडि जान सकिन्छ। नेपाल सरकारले ल्याएको स्वास्थ्य नीतिमा हरेक पालिकामा एउटा आधारभूत अस्पताल र प्रत्येक वडामा स्वास्थ्य चौकी भनेर राम्रो योजना ल्याएको छ। यसलाई हेर्दा युरोपियन देशसँगै हाम्रो छिमेकी मुलुकमा भन्दा राम्रो ढंगले स्वास्थ्य सेवा पुग्ने परिकल्पना सरकारले गरेको छ।

यस्ता योजनालाई राम्रोसँग समात्न सक्ने हो भने चारै तिर जता घुमाए पनि एउटा सामान्य मान्छेले सजिलै स्वास्थ्य सुविधा पाउने देखिन्छ। तर त्यो नीति बनेपछि त्यसलाई कार्यान्वयन गर्ने कुरा, मिडियाले उठाउने विषय, जनशक्ति तयार गर्ने र स्वास्थ्य मन्त्रालयले त्यहाँ जनशक्ति पठाउने कुरा गर्न बाँकी नै छ। यो सवालमा धेरै गृहकार्य बाँकी देखिन्छ। आधारभूत कुरा तय गरेर कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने देखिन्छ। नीति कार्यान्वयन यो एउटा मुद्दा हो।

चिकित्सा शिक्षा क्षेत्रको मुद्दा र स्वास्थ्यमा निजी क्षेत्रको सहभागीतालाई मैले हेरेको छु। म शिक्षा मन्त्रालयको जागिरे भएको नाताले यो सवाललाई नजिकबाट हेरेको छु। शिक्षामा भन्दा पनि जटिल समस्या स्वास्थ्यमा रहेछ। निजी क्षेत्र कमाउनको लागि हो। सेवा र कमाउने कुरा बडो होसियारी पूर्वक सन्तुलनमा आएन भने त्यो दुर्घटना हुनेरहेछ। त्यो लगभग ८० प्रतिशत मेडिकल सेक्टरमा निजी क्षेत्रको उपस्थिति छ। त्यो प्राइभेट सेक्टरको कभरेज बढो विचार गरेर सन्तुलनमा ल्याउन सकिएनर भने त्यहाँ पनि खतरा छ।

एमबीबीएसमा मात्र सिट पूरा भए। अरुमा खाली भए। पास भएका विद्यार्थी छन्। फेरि आठ हजार सिटमध्ये १६ हजार पास भएका छन्। योग्य जनशक्ति छ तर जानुपर्ने ठाउँमो गएको छैन। यो एउटा जटिल बहसका रूपमा प्राइभेट क्षेत्र छ। मैले यो प्राइभेट क्षेत्रको सर्भिसमा भनेको छैन। मेडिकल शिक्षामा समस्या बनेको कुरा भनेको हुँ। यो भनेको उत्पादनको समस्या हो।

पहुँचको कुरामा इन्डियाले २०१९ को रिपोर्ट भर्खर सार्वजनिक गरेछ। त्यो रिपोर्ट त ठूलो छ। तर त्यसको सारमा एउटा पहुँचको मुद्दा र अर्को गुणस्तरको मुद्दा भनेको छ। इन्डियामा उसले पहुँचको निम्ति जनशक्ति कम छैन। तर पहुँचको कमी छ भनेको छ। हाम्रोमा पनि त्यस्तै छ। हाम्रोमा एमबीबीएस गरेका मान्छे मार्केटमा धेरै छन्। तर जहाँ हुनुपर्ने वा दुर्गम भेगमा छैनन्। जनशक्ति छ तर एकातिर केन्द्रित छ। त्यसलाई सही ठाउँमा पुर्याउन सकिएको छैन।

गुणस्तरको कुरामा ठूलो समस्या छ। तर गुणस्तर पनि सम्बन्धित विषयमा हुने रहेछ। किनभने हामीजति राम्रो गुणस्तर भनेर दौडिरहेका छौँ त्यसको विपरित यो जनशक्ति बाहिर गइराखेको छ। राम्रो र सक्षम जनशक्ति बाहिर गइरहेको छ। अलि पहिला एउटा अध्ययन भएको रहेछ।

छात्रवृत्तिमा पढेको बच्चा नेपालमा धानिने दर र दुर्गम क्षेत्रबाट आएर यहाँ पढेको मान्छे नेपालमै सेवा गर्ने संख्या बढी रहेछ। यसो हुनाले क्वालिटीमा मात्र दौडिदा हामी समस्यामा पर्ने देखिएको छ। क्वालिटी जनशक्ति उत्पादनका नाममा दुर्गम क्षेत्रले सेवा नै नपाउने अवस्था सिर्जना हुनु हुँदैन। हामीले ग्रामीण क्षेत्रमा सेवा दिने जनशक्ति उत्पादन गर्नुपर्ने देखिन्छ।

सरकारको छात्रावृतिमा अर्बौं खर्च भएको छ। एक अर्ब भन्दा बढी त मेडिकल एजुकेसन कमिसनले नै हरेक वर्ष वितरण गर्दछ। त्यो पनि अझै सामन्त वर्ग कै पहुँचमा छ। असाध्यै गरिब बच्चो गएर अहिले पनि मेडिकल शिक्षा पढ्न सक्दैन। १० देखि १२ हजार खान बस्न लाग्छ। म इजरायल गएर छात्रवृत्तिमा पढेको मान्छे हुँ। त्यहाँ उल्टो पैसा पाइयो। नेपालमा छात्रवृत्ति पाए पनि एउटा गरिब परिवारको बच्चाले मेडिकल शिक्षा अध्ययन गर्न सक्दैन। किन यस्तो भयो ? कसैको ध्यान पुगेको देखिँदैन।

विद्यार्थी सङ्गठनका धेरै मान्छे फिस घटाउनुपर्छ भन्न आउनुहुन्छ। तर, छात्रवृत्तिमा एउटा गरिब परिवारको बच्चाले पढ्न नसकेको कुरा कसैले भन्दैनन्। ४५ लाखलाई ४० लाख बनाइदिनु भन्न डेलिगेसन आउँछन्। त्यो शुल्क घटाइदियो भने कलेजसँगको सम्पर्क हुँदो रहेछ। त्यो जुन बच्चाले ४५ लाख छात्रवृत्ति पायो उ म पढ्न सिक्दिन भन्छ। किन पढ्न नसक्ने ? भनेर प्रश्न गर्दा ‘म चार हजार त तिर्न सक्दिन। त्यो १० देखि १२ हजार महिनाको कसरी तिर्ने हो ?’ भन्छ। त्यो वर्ग आफैं दबिएको छ। उसले आफै भन्न सक्दैन। उसको कुरा कसैले अगाडि ल्याउँदैन। यो सवाल मिडियाले पनि ल्याउँदैन।

कति पैसा दिए विदेश जाने तयारीमा रहेको दक्ष जनशत्ति नेपालमा बस्छ ? मेडिकल क्षेत्रमा हाम्रोमा कति जनशक्ति आवश्यक पर्छ ? मेडिकल क्षेत्रको जनशक्ति कति विदेश जान्छन् भनेर भएको अध्ययनले रोचक निष्कर्ष निकालेको छ। त्यो हेर्दा पैसाका लागि मात्र मान्छे बाहिर गएका छैनन्। बाहिर जानुमा मल्टिपल फ्याक्टरले काम गरेको छ। पैसाले मात्र हैन पारिवारिक कुरा पनि जोडिएको छ। यहाँ कतिपय डाक्टर राम्रोसँग आफ्नो क्षमता देखाउन पाए भइहाल्छ पैसा चाहिदैन भन्ने पनि छन्। यसरी मुलुकलाई माया गर्ने जनशक्ति धेरै देखियो। तर उहाँहरूको त्यो क्षमतालाई राज्यले उपयोग गर्न अर्थात् समात्न नसकेको अवस्था छ। त्यसको बारेमा यही भन्ने उपाय त हामीसँग पनि छैन।

अहिले मेडिकल शिक्षाको पाठ्यक्रमको विषयमा छलफल भएका छन्। केही काम भइरहेका छन्। समग्रमा हामीसँग जनशक्तिको ठूलो समस्या छैन। तर त्यसको वितरणमा समस्या देखिन्छ। जति हाम्रा संस्था छन् तीनलाई नै राखेर उत्पादन गर्दै गए स्वास्थ्य क्षेत्रमा जनशक्ति पुग्छ भन्ने लाग्छ।

(खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा डा. भोजराज काफ्लेले राखेको धारणाको सम्पादित अंशः)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ५१ बजे

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं–  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय