चर्चा र विवादसँगै रवि लामिछानेलाई नयाँ अवसर « Khabarhub

चर्चा र विवादसँगै रवि लामिछानेलाई नयाँ अवसर

सत्तामै पुगेर समाप्त हुने कि जनताका माग पूरा गर्ने सिस्टम बसाल्ने ?


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नागरिकता प्रकरणले निकै चर्चा र विवादमा आएका रवि लामिछानेलाई आफ्नो गल्ती सुधार्ने र नयाँ राजनीतिक कोर्स सुरु गर्ने अवसर प्राप्त भएको छ । सर्वोच्च अदालतले उनले पहिले नै लिएको नागरिकताले अब मान्यता पाउन नसक्ने भन्दै अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिनैपर्ने फैसला गरेपछि उनको सांसद र मन्त्री पद गुमिसकेको छ ।

सामाजिक सञ्जालकै कारण चर्चा, विवादसँगै आलोचना र सफलता पाएका रवि लामिछानेले अब एक नागरिकका रुपमा सुरुमा नागरिकता प्राप्त गर्ने विधि र प्रक्रियामा सामेल भएका छन् । गृहमन्त्रालयको कुर्सीमा बसेका उनलाई एउटा नागरिकता प्रकरणले फेरि सडकमा ल्याएपछि उनलाई पुराना गल्ती सच्याउने र नयाँ राजनीतिक दौडमा सामेल हुने अवसर प्राप्त भएको हो ।

उनले नागरिकता लिएपछि चितवन २ मा हुने उपनिर्वाचनमा पनि सहभागी हुन पाउने धेरैको विश्लेषण छ । नागरिकता लिएलगत्तै उनी फेरि गृहमन्त्रीमा नियुक्त हुने चर्चाले अर्को बहस निम्त्याएको छ । तर उनी फेरि गृहमन्त्री नियुक्त भए सत्ताको स्वार्थ र राजनीतिक रापतापमा व्यक्तिगत उचाई लिएपनि यसले स्वतन्त्र पार्टी र उनको राजनीतिक भविष्य भने अन्यौलमा फस्ने देखिन्छ ।

रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति थिए । तर नागरिकता प्रकरणले उनले पार्टी सभापतिबाट पनि राजीनामा दिनु परेको छ । अब नागरिकता लिएपछि उनी फेरि सभापति रहनेछन् । फेरि गृहमन्त्री बन्ने र चितवन २ मा हुने उपनिर्वाचन जितेर सांसद बन्ने उनको चाहना छ ।

तर झण्डै एक महिना उनी गृहमन्त्री बन्दा आम जनजिविकाका सवाल सम्बोधन हुन छाडेर केवल उनको काममै बढी विवाद र आलोचना हुन थालेको छ । कानुन, विधि र तिथी बसाल्नेभन्दा जतापनि चर्चा मात्रै पाइरहने उनको कामले गर्दा गर्नुपर्ने सबै काम ओझेल परेका छन् ।

यस्तो बेलामा रवि लामिछाने नेपाली नागरिक बन्नका लागि गर्नुपर्ने औपचारिक काममा पछाडि परेका छन् । जसकारण उनको पार्टी सभापति, सांसद र मन्त्री पद गुमेको छ । यसको नैतिक जिम्मेवारी लिन अति आवश्यक छ । आम नेपाली जनताको समस्याको समाधान खोज्ने ल्याकत देखाउने उनले सबैभन्दा पहिले आफ्नै नैतिकताको ख्याल गर्नुपर्ने आवश्यकता छ ।

विगतका दिनमा टेलिभिजन कार्यक्रममा नेताहरुलाई चर्को गाली गर्ने उनले अब सबैभन्दा पहिले आफ्नै कामको स्पष्ट योजना बनाएर गर्नैपर्ने कामको सुरुवात गर्नुपर्नेछ । नेपाली राजनीतिमा हरेक नेताहरुको अन्तिम स्वार्थ र गन्तव्य भनेको सरकार हुने गरेको छ ।

सरकारमा गएसँगै उनीहरुको अस्तित्व पनि खतरामै पर्दै समाप्त भइरहेका धेरै दृष्टान्त छ । यसलाई राम्रोसँग हेक्का राखेर कम्तीमा देश बनाउने ‘आइडोलोजी’देखि गर्नुपर्ने कामको ‘रोडम्याप’ बनाएर मात्रै सरकारमा आफ्ना प्रतिनिधि पठाउनुपर्ने आवश्यकता छ ।

राम्रोसँग पार्टी बनाउन नसक्ने र बनाएको पार्टी पनि सत्ताको लोभले गर्दा सिध्याउने परिपार्टीले गर्दा नेपालको राजनीतिक दिगो हुन सकेको छैन । यसको श्रृङ्खला लम्बेतान चल्दा अब रवि लामिछानेले कम्तीमा सत्तालाई नभई पार्टीलाई र पार्टीका नेता कार्यकर्तालाई जनतामुखी बनाउन सकेको खण्डमा मात्रै केही उपलब्धी हासिल हुन सक्नेछ ।

अन्यथा यसले जसरी सामाजिक सञ्चाल र दलका नेताहरुप्रतिको वितृष्णाले रवि लामिछाने र उनको पार्टीको उदय भएको छ, भोलि त्यसैगरि यसको पतन हुन पनि समय लाग्दैन । यसको राम्ररी हेक्का राख्न जरुरी छ । यसका लागि उनलाई यतिबेला गल्ती सच्याएर नयाँ राजनीतिक बाटोमा हिडेर देशलाई समृद्ध बनाउने अवसर छ । यदि यो अवसर गुमाए उनी पनि अरु नेताहरुजस्तै औषत काम गरेर सत्ताबाटै फ्याकिने सम्भावना धेरै देखिन्छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : ३७ बजे

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना