सात जना केन्द्रिय सदस्यद्वारा क्यानका पदाधिकारीको राजीनामा माग « Khabarhub

सात जना केन्द्रिय सदस्यद्वारा क्यानका पदाधिकारीको राजीनामा माग


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीको राजीनामा माग गरिएको छ ।

क्यानका सात जना केन्द्रिय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीको राजीनामा मागेका हुन् ।

उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् ।

नेपाल टी २० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको आरोप लगाउँदै केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पदाधिकारीको राजीनामा मागेका हुन् ।

राजीनामा दिएर नेपाल टी २० लिगमा भएको फिक्सिङ घटनाको छानबिनमा सघाउन उनीहरुले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ३३ बजे

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो