पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुचारु « Khabarhub

पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुचारु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्सरे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’ को ‘रिडर’ र ‘प्रिन्टर’ दुबै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्सरे’ सेवा ठप्प बनेको थियो ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्सरे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ । ‘एक्सरे’मा देखिएको समस्याबारे स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपलब्ध भएको थिएन ।

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि उनकै पहलमा अस्पतालले आधुनिक उच्च प्रविधिको ‘डिजिटल एक्सरे मसिन’ पाएको हो । स्वास्थ्यमन्त्री गिरीले एक्सरे आपूर्ति गरिहाल्न स्वास्थ्य सेवा विभागसँग समन्वय गरेपछि अस्पतालमा नयाँ उपकरण आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।

“मेसिन आपूर्ति गर्न छ महिनादेखि धाइरहेका थियौँ”, डा. अधिकारीले भनिन्, “अहिले स्वास्थ्यमन्त्रीसँग कुरा राखेपछि समस्या समाधान भयो ।” डिजिटल एक्सरे मेसिन स्वास्थ्यमन्त्री गिरीले नै अस्पतालका अध्यक्ष शङ्कर गिरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कूल एक करोड ४४ लाख रुपैयाँ मूल्य पर्ने उक्त उपकरण मन्त्री गिरीले आफू मन्त्री भएपछि पहिलो पटक जिल्लामा आएको अवसरमा गत बुधबार अस्पताललाई दिएका हुन् । पर्वत अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेकाले केही उपकरण अहिले नै हस्तान्तरण गरिएको र आगामी पाँच वर्षभित्र सातवटै स्थानीय तहमा सुविधा र जनशक्तिसहितका अस्पताल रहने मन्त्री गिरीको भनाइ छ ।

उपकरण आएसँगै अस्पतालले प्रविधिमा थप सहज अवस्था हासिल गरेको अस्पताल विकास समितिका अध्यक्ष गिरीले बताए । पर्वत अस्पतालमा ५० शय्या क्षमताअनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराइदिन उहाँले मन्त्री गिरीसँग अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : ०० बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ