हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या | Khabarhub Khabarhub

हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो ।

यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ । हिमपातका वडा नं १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो । खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री केन्द्रले तीन हजार क्विन्टल खाद्यान्न ढुवानीको ठेक्का लिए पनि छ महिनासम्ममा छ सय क्विन्टल मात्रै ढुवानी गरेको गाउँपालिकाले जनाएको छ । सम्झौताअनुसार बाँकी दुई हजार चार सय क्विन्टल खाद्यान्न पाँच महिनाभित्र ढुवानी गरिसक्नुपर्नेछ ।

बिक्री केन्द्रलगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुनसक्ने स्थानीय बताउँछन् । खाद्यान्न ढुवानी नियमित गराउने उद्देश्यले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : ५० बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड