पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु « Khabarhub

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा आजदेखि ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ । पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित वेस्टर्न ट्राभल मार्ट आयोजना गरिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना भएको मार्टमा भारतको ट्राभल एजेन्ट्स एशोसिएशन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टूर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता रहेको छ । भारतीय पाहुनालाई पर्यटकीय र धार्मिक गन्तव्य चिनाउनका लागि नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नाट्टा बाँकेले गत वर्षदेखि वेस्टर्न ट्राभल मार्टको सञ्चालन गर्दै आइरहेको छ ।

पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गरी भारतीय बजारमा बजारीकरण गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य छ । मार्टलाई विशेष बनाउने गरी कर्णाली, लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य, कला संस्कृतिलाई प्राथमिकतामा राखिएको छ ।

मार्टमा आउने पाहुनालाई पर्यटनसम्बन्धी स्टलदेखि लिएर यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्त्वयको भ्रमण गराउने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्‍याफ्टिङ, रारा यात्रा, माउण्टेन फ्लाइट गराइने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।

उनले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिनसक्ने भएकाले पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभर चिनाउने लक्ष्य रहेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत कैलाश मानसरोवरको दूरदर्शन, बागेश्वरी मन्दिरमा आरती पनि शुभारम्भ गरिने भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ०५ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह