भयावह बन्दै सवारी दुर्घटना « Khabarhub

भयावह बन्दै सवारी दुर्घटना


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप अनि साँघुरा सडकमा तीव्र गति, त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा चालकहरु सवारी चलाइरहेका छन् ।

केही दिनअघि मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट १८ महिनाकी बालिका अननिया चौधरीको मृत्यु भयो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सुन्दरहरैचा–१२ को भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६८२५ नम्बरको टिपरले ठक्कर दिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

बालिका अननिया चौधरीले जस्तै धेरैले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क हेर्दा यस आर्थिक वर्षको छ महिनामा मात्र प्रदेशभर दुई सय पाँचजनाको सवारी दुर्घटनाकै कारण मृत्यु भइसकेको छ । जसमा एक हजार सात सय ७४ दुर्घटना भएकामा चार सय १७ जना गम्भीर घाइते अवस्थामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अघिल्लो र चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्मको अर्धवार्षिक सवारी दुर्घटना विश्लेषण गर्दा चालु आवमा सात दशमलव २६ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको र २० दशमलव २३ प्रतिशतले मृत्युदरमा कमी आएको कार्यालयले जनाएको छ । गत आवको साउनदेखि पुस मसान्तसम्ममा एक हजार नौ सय १३ सवारी दुर्घटना हुँदा दुई सय ५७ जनाको मृत्यु भएको थियो ।

निरन्तर सवारी चालकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएकाले पनि दुर्घटनामा केही कमी आएको हुनसक्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । गत आव र यस आवकोे साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक जनचेतना कार्यक्रम सञ्चालनतर्फ ४३ दशमलव ४३ प्रतिशतले वृद्धि भएको र लाभान्वित सङ्ख्यातर्फ २३ दशमलव सात प्रतिशतले वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

साँघुरो सडकमा सवारी धेरै भएकाले पनि दुर्घटना न्यूनीकरणमा समस्या भएको पूर्वी नेपाल यातायात प्रालिका अध्यक्ष राजु श्रेष्ठले बताए । उनका अनुसार तराईका सडकमा बढ्दो सिटी सफारीको चापका कारण पनि ठूला गाडी कुदाउन समस्या भएको र दुर्घटनाको जोखिम बढेको छ । तीव्र गतिमा आउने ठूला सवारीसाधनसँग साँघुरो सडकमा जोगिएर मोटरसाइकल कुदाउन निकै गाह्रो पर्ने गरेको मोरङ पथरी शनिश्चरेका प्रेम गुरुङ बताउँछन् । आफूलाई जस्तै अरू साना दुईपाङ्ग्रे सवारी चालकलाई यस्तै समस्या रहेको उनले बताए ।

विगत १० वर्षदेखि हेर्ने हो भने गुणात्मकरूपले सवारी चाप बढिरहेको छ तर राजमार्गको चौडाइ बढ्न सकेको छैन, अझ बस्ती क्षेत्रतिर गएर हेर्दा बिस्कुन सुकाउनेदेखि बालबालिका खेल्ने ठाउँसम्म भएको छ सडक । कालोपत्र भएको वर्ष बित्न नपाउँदै खाल्डैखाल्डा भएका सडकहरू पनि प्रशस्तै भेटिन्छन् । राजमार्गमा ठूला सवारीको आतङ्क बेग्लै छ, साना साधन कुदाउँदा जोगिनै हम्मेहम्मे पर्छ ।

विगतको तुलनामा ठाउँठाउँमा प्रहरी चेक पोष्ट तथा सवारी साधन चेक जाँचका लागि कडाइपूर्वक सडकमा खटिएर रहेका टा«फिक प्रहरीको निगरानीले जोखिम न्यूनीकरण भने भएको देखिन्छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : १४ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई