एनटिभी कप फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जित्यो | Khabarhub Khabarhub

एनटिभी कप फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जित्यो


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘एनटिभी कप–२०७९’ फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ । राष्ट्रिय समाचार समिति राससलाई ७–० गोलअन्तरले हराउँदै नेपाल टेलिभिजनले उपाधि हात पारेको हो ।

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज शान्तिनगरस्थित फुटसल कोर्टमा भएको मैत्रीपूर्ण प्रतियोगितामा नेपाल टेलिभिजनका लागि वासुदेव अवाल र सुशील अधिकारीले दुई÷दुई तथा महेश निरौला, दीप बस्नेत र प्रज्ज्वल शाक्यले एक÷एक गोल गरे ।

चार सरकारी सञ्चारमाध्यमबीच भएको उक्त प्रतियोगितामा गोरखापत्रलाई हराउँदै रेडियो नेपाल तेस्रो भयो । रेडियो नेपालले गोरखापत्रलाई ५–० गोल अन्तरले पराजित गरेको हो । त्यसअघि भएका खेलमा राससले गोरखापत्रलाई ७–० गोलअन्तरले तथा नेपाल टेलिभिजनले रेडियो नेपाललाई ६–० गोलअन्तरले हराएको थियो ।

विजेता खेडालीलाई नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल टेलिभिजन कर्मचारी युनियनका नेता विश्वेश्वर पौडेलले जानकारी दिए । नेपाल टेलिभिजनको वार्षिकोत्सव यही माघ १७ गते मनाइँदै छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ४२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु