युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम सुरु « Khabarhub

युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम सुरु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्श, महिला चेम्बरको आयोजनामा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम सुरु भएको हो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले महिला तथा युवाहरुले सूचना प्रविधिको तालिम पाए रोजगारी सिर्जनाका लागि सहयोग पुग्ने बताए । उनले तालिमपछि विभिन्न निकायसँग समन्वय गरेर रोजगारीको व्यवस्था पनि गरिने बताए ।

त्यस्तै महिला चेम्बरकी सचिव लिमा अधिकारीले तालिमका अवधिमा सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान दिइने बताइन् ।

राष्ट्रव्यापी सूचना प्रविधि तालिम दुई दिनसम्म चल्ने महिला चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ५६ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली