प्रहरीको गोली लागी घाइते भएका उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु « Khabarhub

प्रहरीको गोली लागी घाइते भएका उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले गोली हानेपछि घाइते भएका भारत उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए ।

एक कार्यक्रममा सहभागी हुन जानेक्रममा उनीमाथि प्रहरी असिस्टेन्ट सब इन्सपेक्टर गोपाल दासले मन्त्रीमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । उनको छातीमा गोली लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीले उनको मुटुमा चोट पुर्‍याएको जनाइएको छ ।

गोली लागी घाइते भएका उनलाई उपचारका लागि उडिसाको राजधानी भुवनेश्वरस्थित अपोलो अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले स्वास्थ्यमन्त्रीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाबारे थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ५३ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र