मन्त्रालय टुंगाउन गठबन्धनको बैठक आज पनि बस्ने « Khabarhub

मन्त्रालय टुंगाउन गठबन्धनको बैठक आज पनि बस्ने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। ​

मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

यसअघिका बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन र लोसपाले २ मन्त्रालय मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले पनि आफ्नो पुरानै अडानमा छाडेका छैनन्। राष्ट्रिय जनमोर्चा भने तत्काल सरकारमा सहभागी नहुने बताएको छ।

मन्त्रालय टुंगिन नसकेपछि मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा छलफलका अघि सारिएको थियो।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ०० बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको