गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय | Khabarhub Khabarhub

गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विस्तारै–विस्तारै हामी जाडो मौसमलाई छोडेर गर्मी मौसममा प्रवेश गर्दैछौं। यो मौसममा एलर्जी, छालासम्बन्धी रोग बढी देखिन्छन्। यो समयमा शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ। यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिसको समस्या देखिन्छ। सँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजार देखिन सक्छ। गर्मी मौसममा हुने सङ्क्रमण र बच्ने उपायहरू के के हुन् ? यसै विषयमा आधारित भएर खबरहबका लागि जनरल फिजिसियन डा. प्रशान्त त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंश :

गर्मी मौसममा देखा पर्ने समस्या के के हुन ?
यो मौसममा धेरै एलर्जीको समस्या देखिन्छ। साथै तापक्रम बढ्दै जाँदा भिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोग, झाडापखाला बढ्दै जान्छ। तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्दै जान्छ र लामखुट्टेबाट सर्ने रोग जस्तो डेंगु, हात्तीपाइले लगायतका रोगहरू लाग्छ सक्छन्। दूषित पानी तथा बासी सडेगलेका खाना खाँदा टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँ जस्ता रोग लाग्छन्। यो मौसममा झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँका खानाले र आफ्नो पनि शरीर वरपरको वातावरणको राम्रो सफाइ नगर्दा यस्ता रोग सर्ने गरेको पाइन्छ। साथै यो मौसममा रुघा लाग्ने, खोकी लाग्ने, हाछ्यु लाग्ने, छालामा डाबरहरू बस्ने हुनसक्छ। तर कतिपयमा एलर्जी भएर दमको समेत हुने पनि हुनसक्छ।

यस्ता समस्याले बालबालिकामा कस्तो असर गर्छ ?
मौसमी फ्लुहरू एकबाट अर्कोमा सर्दै जाने रोग हुन्। यो आफ्नो कारणले हुने हो। आफूले स्वास्थ्य सफा गरेन भने र सङ्क्रमित व्यक्तिको संसर्गमा पर्याे भने एकबाट अर्कोमा सर्दै जाने हुन्छ। सरसफाइमा लापरबाहीका कारणले पनि रुघा झाडापखालाजस्ता रोग लाग्ने गरेको पाइन्छ। जस्तो हात राम्ररी नधुँदा, ट्वाइलेट सफा नहुँदा पनि यस्तो हुन्छ। त्यसैले, अभिभावकले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

सङ्क्रमित रोगबाट कसरी बच्ने त ?
यो मौसममा लाग्ने संक्रामक रोगबाट बच्न विभिन्न उपाय हुनसक्छन्। जसलाई यसरी उल्लेख गर्न सकिन्छ।

दूषित पानीको सेवन नगर्ने
गर्मी मौसममा धेरै ठाउँको पानी शुद्ध हुँदैन। हामीले पानीलाई राम्ररी उमालेर मात्र पिउनु पर्छ। साथै राम्ररी फिल्टर गरेर सफा र किटाणुरहित बनाएर पनि खान सकिन्छ।

साबुन पानीले हात धुने
हामीले जहिले पनि समय समयमा हात धोइरहनु पर्दछ। जस्तो खानाखानु अघि साबुन पानीले सफासँग मिचीमिची अनिवार्य रूपमा हात धुनुपर्छ। शौचालय वा बाहिर कतै सार्वजनिक स्थलमा गएर आएपछि पनि राम्ररी हात गोडा धुने गर्नुपर्छ।

बाहिरी खाना नखाने
सकेसम्म बाहिरका खाना कम खानुपर्छ। यदि बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने। सडे गलेको तथा बासी खाने कुरा नखानु नै एउटा उपचार हो। जसले गर्दा सङ्क्रमित रोगबाट बच्न सकिन्छ।
व्यक्तिगत सफाइमा ध्यान दिने
सबै भन्दा पहिलो कुरा त हामी आफैले आफ्नो सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ। शारीरिक व्यायाममा ध्यान दिने, खानपानमा ध्यान दिने गर्नुपर्छ। साथै घरवरिपरिको वातावरण पनि सफा राख्नुपर्छ।
लामखुट्टेको टोकाइबाट बच्ने
झुल लगाएर सुत्ने, पूरा बाहुलायुक्त लुगा लगाउने झ्याल ढोकामा जालीको प्रयोग गर्ने, कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने। यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ। घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुन्छ ।

साथै मौसमी रोगबाट बच्न खानेकुरामा विशेष ध्यान दिनुपर्छ। तरकारी फलफूलहरू राम्रोसँग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर खानुपर्छ। हामीले दैनिक प्रयोग गर्ने भाँडाकुडा पनि दैनिक रूपमा नै सफा हुनु जरुरी छ। साथै लामो समय आफूलाई समस्या भइराख्यो भने तुरुन्त चिकित्सकलाई भेटेर उपयुक्त सल्लाह लिनु जरुरी हुन्छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ०३ बजे

प्रतिनिधिसभा बैठक : खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च

झिनो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)अन्ति २ मिनेटमा झिनो अंकले

चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर

काठमाडौं– चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई

सूचना माग कर्तालाई पक्राउ गरेको ब्यहोरा पेस गर्न आयोगको पत्र

काठमाडौं– राष्ट्रिय सूचना आयोगले सूचना माग गरेको आधारमा अभियानकर्मी पक्राउ

प्रतिनिधिसभामा बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभामा सांसदहरुले बाढीपहिरोबाट देशभर जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण