मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : १८ बजे

सुर्ती नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै स्वास्थ्यमन्त्री पुरस्कृत

काठमाडौं– सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाललाई विश्व

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं– सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने- आउँदैनन् भने अर्को पटकदेखि नाम काट्नू

काठमाडौं- आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा

सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो : हुम्लाको तिल गाउँ जोखिममा

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ मा रहेको तिल गाउँमा जोखिममा रहेको

शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु अनुचित : शिक्षामन्त्री

काठमाडौं– शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि