एसीसी प्रिमियर लिगका लागि नेपाली टोलीको घोषणा | Khabarhub Khabarhub

एसीसी प्रिमियर लिगका लागि नेपाली टोलीको घोषणा


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

आज बिहान क्यानले प्रिमियर कप खेल्ने २१ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। राष्ट्रिय टिम‍मा देव खनालको पुनरागमन भएको छ।

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, भीम सार्की, ललित राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, मौसम ढकाल, कुशल मल्ल, आरिफ शेख कायमै रहेका छन् । यसैगरी, कमलसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, सूर्य तामाङ, सोमपाल कामी, किशोर महतो करण केसी र सन्दीप लामिछाने टिममा छन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा घरेलु मैदानमा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म चल्नेछ।​ खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। फाइनल खेल वैशाख १८ गते हुनेछ। विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : २९ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र