दिङ्ला इलाका प्रशासन कार्यालय प्रमुखविहीन « Khabarhub

दिङ्ला इलाका प्रशासन कार्यालय प्रमुखविहीन


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त कार्यालय दुई महिनदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको छ ।

जिल्ला सदरमुकामसम्म आउन धेरै समय लाग्ने भएपछि यस भेगमा स्थानीयले नागरिकता, राहदानीलगायत सेवा यही कार्यालयबाट लिँदै आएका थिए । प्रमुख नहुँदा स्थानीय तीन दिनसम्म लगाएर नागरिकता लिनका लागि सदरमुकाम आउन बाध्य छन् । प्रमुख नहुँदा कर्मचारीले तलबसम्म पाउन सकेका छैनन् ।

माघ पहिलो साता शाखा प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो । सेवा ठप्प भएपछि स्थानीयलाई सास्ती भएको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङका विवेक राईले बताए । नागरिकता लिन सदरमुकाम जाँदा समय र पैसा धेरै खर्च हुने उनको भनाइ छ ।

‘इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह नहुँदा हामीलाई सास्ती छ’, उनले भने, ‘दुर्गम भेग भएकाले यहाँबाट सदरमुकाम पुगेर फर्कन चार दिनसम्म लाग्छ । एउटा नागरिकता लिन जाँदा कम्तीमा एक जना बराबार रु १५ हजार बढी खर्च हुन्छ । चाँडो सेवा सुरु भए हामीलाई राहत हुने थियो ।’

जिल्लाकै दुर्गम क्षेत्रको रूपमा लिइने साल्पासिलिछो गाउँपालिकाका अधिकांश भेगमा सडक पुगेको छैन । इलाका प्रशासनमा प्रमुख नहुँदा दुई महिनादेखि तलबसमेत नपाएको कार्यालयका लेखापाल राजेश दाहालले बताए । यहाँ आठ जनाको दरबन्दी छ । अहिले चार जनाको भरमा कार्यालय सञ्चालनमा छ ।

इलाका प्रमुख नहुँदा नागरिकलाई सास्ती भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताए । यो समस्याका बारेमा सम्बन्धित निकायसँग पहलकदमी गरिरहेको उनको भनाइ छ । ‘कार्यालय प्रमुखविहीन बन्दा स्थानीयलाई समस्या छ’, प्रमुख उदासले भने, ‘नागरिकता लिन स्थानीयलाई धेरै समस्या छ । यहाँको समस्या समाधानका लागि नगरले सरोकारवाला पक्षसँग पहल गरिरहेको छ ।’

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ०१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले