बारा–२ उपनिर्वाचन : शिवचन्द्र कुशवाहाको उम्मेदवारी घोषणा « Khabarhub

बारा–२ उपनिर्वाचन : शिवचन्द्र कुशवाहाको उम्मेदवारी घोषणा


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिवचन्द्र कुशवाहाले डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट उपचुनाव लड्ने भएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी कुशवाहाले उम्मेदवारी घोषणा गरेका हुन्।

उनी आजै माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । यसअघि कुशवाहा बारा २ मा माओवादी–कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए । उनलाई जसपाका रामसहाय यादवले पराजित भएका थिए ।

यसपटक माओवादी केन्द्रले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएपछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन्।

उम्मेदवारी घोषणा गर्न आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.राउतले लोकतन्त्रको रक्षाका लागि कुशावाहालाई उम्मेदवार बनाएको बताए । ‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छौं’ उनले भनेका छन् ।

उनले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुशवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ४८ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर