मिटरब्याज पीडित र सरकारबीच वार्ता हुँदै « Khabarhub

मिटरब्याज पीडित र सरकारबीच वार्ता हुँदै


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिटरब्याज पीडित र सरकारले गठन गरेको वार्ता टोलीबीच वार्ता हुने भएको छ ।

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेरै काठमाडौँ आइपुगेका मिटरब्याज पीडितको समस्या समाधान गर्न मङ्गलबार सरकारले गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानून मन्त्रालयका प्रतिनिधि समेत छन् । वार्ता टोली संयोजक शर्माले बिहीबार बिहान १० बजे मिटरब्याज पीडितसँग मन्त्रालयमा वार्ता हुने तय भएको जानकारी दिइन् ।

यसअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मान्ने गरी कानून संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको