फाइल फोटो

अन्य

मिटरब्याज पीडित र सरकारबीच वार्ता हुँदै

By खबरहब

March 29, 2023

काठमाडौँ- मिटरब्याज पीडित र सरकारले गठन गरेको वार्ता टोलीबीच वार्ता हुने भएको छ ।

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेरै काठमाडौँ आइपुगेका मिटरब्याज पीडितको समस्या समाधान गर्न मङ्गलबार सरकारले गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानून मन्त्रालयका प्रतिनिधि समेत छन् । वार्ता टोली संयोजक शर्माले बिहीबार बिहान १० बजे मिटरब्याज पीडितसँग मन्त्रालयमा वार्ता हुने तय भएको जानकारी दिइन् ।

यसअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मान्ने गरी कानून संशोधन गर्ने निर्णय गरेको थियो ।