प्रधानन्यायाधीश र न्यायाधीशको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्चाउन सर्वोच्च बारको माग « Khabarhub

प्रधानन्यायाधीश र न्यायाधीशको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्चाउन सर्वोच्च बारको माग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक न्यायपालिकाको गरिमा र सम्मान कायम राखी पूर्ववत रुपमा सच्चाउन माग गरेको छ ।

बारको मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई मर्यादाक्रम पूर्ववत रहने गरी सच्याउन अनुरोध गरेको अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिए । प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रियसभामा हालै प्रस्तुत भएको विधेयकको सम्बन्धमा सर्वोच्च बारले ध्यानाकर्षण जनाउँदै सच्चयाउन अनुरोध गरेको हो ।

नेपालको संविधानले अङ्गिकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका र स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य तथा मान्यता विपरीत उक्त विधेयक रहेको सर्वोच्च बारले ठहर गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र