नेपाल कुबेतसँग र युएई ओमानसँग भिडदै « Khabarhub

एसीसी प्रिमियम कपको सेमिफाइनल :

नेपाल कुबेतसँग र युएई ओमानसँग भिडदै


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी प्रिमियम लिगमा आज सेमिफाइनल खेल हुदैँछन्। त्रिभुवन विश्वविद्यालय खेल मैदानमा नेपालले आज हुने सेमिफाइनलमा कुवतेको सामना गर्दैछ। सेमिफाइनलकै अर्को खेल मुलपानी मैदानमा हुँदैछ। त्यहाँ युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ‘ए’बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। समूह बीको उपविजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गर्न पुगेको हो।

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पुगेको हो।

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुँदैछ।

युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह ‘बी’ बाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो। ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो।

दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछन्। जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : २९ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक