गीत संगीतका सगरमाथा किरण खरेल | Khabarhub Khabarhub

गीत संगीतका सगरमाथा किरण खरेल



नेपाली चलचित्रका सर्वाधिक लोकप्रिय गीतकार किरण खरेलमाथि बोल्न र लेख्न विषयवस्तु धेरै छन् । नेपाली आधुनिक जगतमा एकछत्र राज गरेका किरण खरेल सम्भवतः नेपालमा गीत नै मात्र लेखेर आफ्नो विशिष्ट परिचय बनाउने एकल व्यक्ति हुन् ।

गीतकारका खरेलको चर्चा हरेक क्षेत्रमा हुन्छ । चलचित्रको निम्ति उपयुक्त गीत लेख्न सक्ने गीतकारका रुपमा किरण खरेललाई चिनिन्छ । उनलाई प्रसिद्ध सङ्गीतकार रञ्जित गजमेरले आफ्नो आत्मकथामा आनन्द बक्सी भनेर उद्धृत गरेका छन् । उनलाई पहिलो पटक नेपालको आनन्द बक्सी भनेर सम्बोधन गर्ने व्यक्ति बलिउडका प्रसिद्ध सङ्गीतकार मनोहरि सिंह हुन् । आनन्द बक्सी आफै हिन्दी फिल्म जगतमा अत्यन्त उच्च कोटीको आकर्षण भएका गीतकार हुन् । उनका धेरै गीतहरू लोकप्रिय र चर्चित छन् । उनका विभिन्न कथा र किस्सा छन् ।

किरण खरेललाई कुनै फिल्मको घटना तथा घटनाको दृश्य सामान्य रूपमा सम्झाई दिनुपर्छ । उनी आफू नपुगेको ठाउँ, नदेखेको ठाउँ र नभेटेको मान्छेका बारे पनि पुरै चित्रात्मक रूपमा गीत लेख्न सक्छन् । धेरै गीतमध्ये माइतीघरको ‘यो मेरो प्राण भन्दा प्यारो माइतीघर होस’ या ‘रानी खोलाको सिक्किम’मा रहेको रानी खोलामा पुगेका छैनन् । त्यसबारेमा उनले लेखेको ’रानी खोलाको पानी चोखो हुन्छ भन्छन् मिठो हुन्छ भन्छन्’ त्यतिकै लोकप्रिय भयो।

चलचित्रको कुरा गर्दा किरण खरेलले प्रकाश थापाका बाहेक अन्य निर्देशकको फिल्ममा गीत लेखेका छन् ।

उनका गीतमा शब्द र कुराहरू दोहोरिँदैनन् । चलचित्रका गीतमा उनी यति शुद्ध र सरल रूपमा देखा पर्नु निर्देशक र कोरियोग्राफिलाई त्यो गीत छायाङ्कन गर्न असाध्य नै सरल हुन्छ। जुन फिल्ममा गीतहरू सफल भएका छन् त्यसमा उनको गीतको अहम् भूमिका छ । उनले पहिलो पटक फिल्ममा गीत लेखेका हुन् । बिएस थापाद्वारा निर्देशित माइतीघरमा बलिउडका प्रसिद्ध सङ्गीतकार जयदेवले सङ्गीत गरेका हुन् । किरण खरेलका गीतहरूलाई उनले संगीत भरेका हुन् । जयदेव जो आफै एक जटिल सङ्गीतकार मानिन्छ ।

जटिल सङ्गीतकार जयदेवसँग किरण खरेलले एक बसाइमै माइतीघरका सम्पूर्ण गीतहरू लेखेका थिए । माइतीघर फिल्मका गीतहरूपछि जयदेवले किरण खरेलका दुई गीतलाई सङ्गीत गरेका हुन् ।

उनी सङ्गीतकारलाई बुझ्न सक्ने गीतकार हुन् । चलचित्रलाई आफ्नो अन्तर मनले हेर्न सक्ने गीतकार हुन् । उनले हरेक नेपाली चलचित्रमा हरेक निर्देशकका गीतलाई सही रूपले लेखेका छन् ।

प्रकाश थापाको फिल्म ‘मनको बाध’, ’सिन्दुर’, ’जीवन रेखा’, ’सन्तान’, ’कन्यादान’ जस्ता धेरै फिल्ममा उनले गीत लेखेका छन् । ‘तिजको रहर आयो बरी लई’ र अर्को हास्य गीत ‘मलाई छोडी च्यान्टे मायालु’ थियो उनले छानेका दुई गीत हुन् । चलचित्रको कुरा गर्दा किरण खरेलले प्रकाश थापाका बाहेक अन्य निर्देशकको फिल्ममा गीत लेखेका छन् । उनका फिल्मका गीतहरू एकातिर छन् । तर रेडियो नेपालका गीतहरूको अलग इतिहास रहेको छ ।

किरण खरेललाई नेपालमा सबै भन्दा धेरै गीत लेख्ने गीतकारका रूपमा चिनिन्छ । उनका गीत संगीतहरु, प्रियतमा, भन के हो तिम्रो नाउ, हे दुर्गा सितारा प्रकाशित छन् ।

गीतकार किरण खरेलले रेडियो नेपालमा नातिकाजी, शिव शंखर, प्रेमध्वज, माणिक रत्न, नारायण गोपाल जस्ता गायक संगीतकारसँग सहकार्य गरेका छन् । नेपाल बाहिरका सङ्गीतकारमा कर्म योञ्जनको सङ्गीतमा गीत लेखेका छन् । रेडियोको श्रोतासँग यसरी आबद्ध भएको थियो कि उनी श्रोताका भाव बुझेर पनि गीत लेख्ने गर्छन् । किरण खरेलले माइतीघरमा लेखेको गीत माइतीघर प्रदर्शन भएको ५० वर्षपछि पनि मिस नेपालमा प्रतिस्पर्धा हुनुभएकी प्रथम मिस नेपालले अन्तर्राष्ट्रिय मैदानमा गएर पनि यो हो मेरो प्राण भन्दा प्यारो माइतीघरमा नाचेर देखाएकी छन् । त्यो समय फेरि किरण खरेल चर्चामा आए ।

किरण खरेललाई युगल गीतले पनि विशिष्ट परिचय दिएको छ । कुनै कुनै गीतलाई किरण खरेले आफ्नो गीतलाई आफै प्रति उत्तर दिएर पनि लेखेका छन् । त्यस्ता धेरै नै गीतहरू रहेका छन् ।

किरण खरेल गीतकार मात्र होइनन् । नेपालमा तुलसीनाथले सुरु गरेको गीति कथालाई किरण खरेलले निरन्तरता दिएका हुन् । २०२५ को दशकमा सुरु भएको गीति कथा कार्यक्रम पछिपछि आएर मदन दास श्रेष्ठ, पाण्डव सुनुवार, धना लामाहरूले पनि निरन्तरता दिए । रेडियो नेपाल तथा मञ्चमा समेत किरण खरेलले उद्घोष गरेर कार्यक्रम चलाएका छन् ।

किरण खरेललाई गीतकारका रूपमा चर्चा गर्दा उनका अन्य पाटाको बेलाबेलामा सन्दर्भ छुट्न जान्छ । लिड नेपालमा बन्ने धेरै गीति कथा धेरै विज्ञापनहरू, धेरै नाटक यस्ता किसिमका कार्यक्रममा उनले कलम चलाएका छन् ।

किरण खरेललाई नेपालमा सबै भन्दा धेरै गीत लेख्ने गीतकारका रूपमा चिनिन्छ । उनका गीत संगीतहरु, प्रियतमा, भन के हो तिम्रो नाउ, हे दुर्गा सितारा प्रकाशित छन् । उहाँका गीतहरू गाएर चर्चित भएका गायकमध्ये वटुकृष्ण ज्वाला, माणिक रत्न, उदित नारायण झा रहेका छन् । उनले चलचित्रहरूमा लेखेका गीतहरू त्यति नै लोकप्रिय रहेका छन् । हरेक नायकका निम्ति उनका लोकप्रिय गीतहरू छन् ।

किरण खरेल चलचित्र, रेडियोको कारण जुन स्थानमा पुगेका छन् त्यो सम्भवतः अर्को नेपालीको लागि सम्भव छैन । गीत मात्र लेखेर अहिले परिचय बनाउने स्थिति छैन । किनकी अहिले गीतकारले आफ्नो गीत रेकर्डिङको लागि आफै खर्च गर्नुपर्छ । आफ्नो गीतलाई अजर अमर बनाउन भिडियो बनाउनुपर्छ । अहिले उनी जस्तो नागरिकको जन्म हुन अति नै गाह्रो छ। त्यो समयमा उनी गीतको बलले यहाँसम्म आएका हुन्।

एउटा प्रकृति र अर्को नारी । यी दुवै कुरामा निकट हुने मान्छे एउटा राम्रो सर्जक बन्न सक्छ । सायद किरण खरेललाई यी नै दुई कुराले आकर्षण गरेको हुनुपर्छ ।

माइतीघरको गीतको रेकर्डिङको बेलामा उनको आफ्नो कलेजको परीक्षा भएको कारण सङ्गीतकार जयदेवसँग धेरै बस्न पाएनन् । त्यही पनि उनले ती गीतहरू राम्रोसँग सङ्गीत गरे । प्रकाश थापाका प्राय सबै फिल्ममा उत्कृट गीत लेखेका छन् ।

पछिल्लो पुस्ताका निर्देशकको फिल्ममा समेत उनले गीत लेखेका छन् । जसमध्ये भाग्यमानी निर्देशकमा म स्वयम् पर्छु । मेरो फिल्मको निम्ति पनि उनले गीत लेखिदिएका छन् ।

उनका गीतहरू हुँदा यस्तो लाग्छ चलचित्रका गीतहरू सुन्दा चलचित्र हेरे जस्तो लाग्छ । रेडियोका गीतहरू सुन्दा किरण खरेलका कुनै आत्मकथा तथा अभिव्यक्ति जस्तो लाग्छ । उनको गीतमा प्रयोग हुने ‘पारू’ शब्दलाई लिएर धेरै पटक रेडियो कार्यक्रममा श्रोताहरूले प्रश्न गरेका छन् ।

यो ‘पारू’ किरण खरेलको को हो ? राष्ट्र कवि माधव घिमिरे पनि ठट्टा गरेर ‘पारु’ शब्द आएमा किरण खरेलको ‘पारु’ भन्ने गर्दथे । उहाँका प्राय गीतहरूमा महिलाका संवेदना हुने गरेका थिए । किरण माइजू र फुपूहरूसँग हुर्किएको कारण उनले महिलाका संवेदनालाई बलियो रुपमा प्रस्तुत गरेको पाइन्छ । प्रकृति र सङ्गीतसँगको ताजा उदाहरण उनमा रहेको कारण उनी गीतको क्षेत्रमा लोभिएका हुन् । संसारमा जम्मा दुई वटा कुरा सुन्दर छन् । एउटा प्रकृति र अर्को नारी । यी दुवै कुरामा निकट हुने मान्छे एउटा राम्रो सर्जक बन्न सक्छ । सायद किरण खरेललाई यी नै दुई कुराले आकर्षण गरेको हुनुपर्छ । त्यस कारण उनी गीतकारका रूपमा सदासर्वदा सफल भए । किरण खरेलको सिर्जनशील यात्रा जारी रहोस् । सुस्वास्थ्यको कामना छ । (गीतकार किरण खरेलका बारेमा प्रकाश सामयीले राख्नु भएको धारणाको सम्पादित अंश)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ५९ बजे

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,