अन्नपूर्णमा चन्दा जुटाएर खेलमैदान निर्माण | Khabarhub Khabarhub

अन्नपूर्णमा चन्दा जुटाएर खेलमैदान निर्माण


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरिएको छ ।

घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन् । क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट रु १४ लाख ३० हजार अनुदान प्राप्त भएको जानकारी दिए। खेलमैदान बनाउन समुदायस्तरबाट रु ३४ लाख ७७ हजार सहयोग जुटेको छ ।

“खेतबारी र घरको आगँनमा खेलको अभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ”, उनले भने, “गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटेको छ ।” खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटललगायत खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभासमारोह आयोजना गर्न सहज भएको स्थानीय नवीन फगामीले बताए ।

घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले रु चार लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फगामीले थप रु दुई लाख सहयोग गरेका छन् । उनीसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले रु २७ लाख सहयोग गरेका छन् ।

गाउँका भूतपूर्व सैनिकले रु तीन लाख २७ हजार खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय निर्माण गरेका छन् । गाउँपालिकाले प्यारापिट, घेराबार र स्टेज बनाउन रु १४ लाख ३० हजार सहयोग गरेको छ । अनुदान र चन्दाका अलावा एक सय परिवारको बसोबास रहेको घराम्दीका बासिन्दाले १०-१० दिनभन्दा बढीका दरले श्रमदान पनि गरेका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन रु सात लाख ५० हजार बिनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए। उनका अनुसार यसअघि आव २०७८-७९ मा रु दुई लाख ८० हजार, आव २०७७-७८ मा रु तीन लाख र आव २०७६-७७ मा रु एक लाख सहयोग गरिएको थियो ।

“गाउँपालिकाको अनुदानको तुलनामा दोब्बर बढी चन्दा र श्रमदान जुटाएर घराम्दीवासीले जनसहभागिताको नमूना प्रस्तुत गरेका छन”, वडाध्यक्ष पुर्जाले भने ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : १२ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम