शाहरुखको ‘जवान’ अमिताभको ‘आखिरी रास्ता’बाट प्रभावित « Khabarhub

शाहरुखको ‘जवान’ अमिताभको ‘आखिरी रास्ता’बाट प्रभावित


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

मुम्बई –  अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ लाई लिएर अहिले विभिन्न समाचारहरु सार्वजनिक भइसकेका छन्।

यो फिल्ममा अभिनेता शाहरुख दोहोरो भूमिकामा देखिँदैछन्। फिल्मको बजेटदेखि लिएर स्टारकास्टसम्मका कुरा दर्शकमाझ आइसकेको छ।

अहिले भने फिल्मको कथालाई लिएर नयाँ खबर बाहिर आएको छ। यो फिल्मको प्लटलाई निर्माण पक्षले सुरुवातदेखि नै गोप्य राख्दै आएको थियो। तर अहिले भने यसको गोपनीयता पनि बाहिरिएको छ।

समाचार अनुसार यो फिल्म अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ बाट प्रभावित छ। ‘आखिरी रास्ता’ पनि कमल हासनको तमिल फिल्म ‘ओरु कैदियिन डायरी’को आधिकारिक रिमेक थियो।

‘आखिरी रास्ता’ या ‘ओरु कैदियिन डायरी’ मा अमिताभ तथा कमल हसन पिता र छोराको दोहोरो भूमिकामा थिए। ठीक यसै गरी शाहरुख पनि ‘जवान’ मा पिता र छोरोको भूमिकामा देखिँदैछन्। ‘आखिरी रास्ता’ को जस्तै ‘जवान’ ले पनि एक बदलाको कथा बोल्नेछ’, निर्माण स्रोतले भनेको छ।

‘जवान’ निर्देशक एटली कमल हासनको फिल्मका ठूला फ्यान हुन्। सोही कारण उनले आफ्नो फिल्ममा कमलको कथाको मुख्य भाग लिएका छन्। ‘जवान जुन २, २०२३ मा रिलिज हुँदैछ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ०५ बजे

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय