नेपालद्वारा कुवेतलाई दुई सय ८२ रनको चुनौती | Khabarhub Khabarhub

नेपालद्वारा कुवेतलाई दुई सय ८२ रनको चुनौती


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती दिएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए ।

 उनले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाएका हुन् ।  कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन-तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक-एक विकेट लिए । पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : २५ बजे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा