‘सूचना व्यवस्थितरूपमा सार्वजनिक गर्दै जानुपर्छ’ « Khabarhub

‘सूचना व्यवस्थितरूपमा सार्वजनिक गर्दै जानुपर्छ’


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताएका छन् ।

मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक र सार्वजनिक निकायको भूमिका’ विषयक कार्यशालामा उनले संविधानले नागरिकलाई शक्तिशाली बनाएको बताए । देशका सबै सार्वजनिक निकायले पारदर्शिता, जवाफदेहिता, इमान्दारिता हुँदै भ्रष्टाचार नियन्त्रण गर्ने र सूचना व्यवस्थितरूपमा सार्वजनिक गर्दै जानुपर्ने बताए ।

विश्वमा एक सय ३५ राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले यो मानव अधिकारका रुपमा स्थापित बनेको बताए । सबै नागरिककोमा अधिकांश सूचना पुर्‍याउनै नसकिएको चर्चा गर्दै उनले भने, ‘आयोगमा नौ हजारभन्दा बढी पुनरावेदन परेको छ, अहिलेसम्म ३३ जनालाई कारबाही गरिसक्यौँ । सकेसम्म आयोगले कसैलाई सूचना नदिएकै आधारमा कारबाही गर्न नपरोस् भन्ने हो, त्यसका लागि कानुनले देऊ भनेका सूचना सहजरुपमा दिनुस् ।’

नगरपालिकाले कार्यालयको सबै निर्णयको अभिलेखीकरण राख्ने, दैनिक आफ्नो वेभसाइटमा सार्वजनिक गर्ने, तीन तीन महिनामा सबै सूचना सार्वजनिक गर्ने गरेमा सूचना माग्न आउनेको पनि कमी हुने उनको भनाइ थियो । कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले लामो समयको आन्दोलनपछि आएको सूचनाको हकसम्बन्धी कानुनको सबैले प्रयोग गर्नुपर्ने औँल्याए ।

सूचनाको हक आफैँमा स्थानीय तहदेखि सबै सार्वजनिक निकायलाई अनुगमन गर्ने कार्य पनि हो भन्दै उनले यसले प्रत्येक नागरिकलाई प्रश्न सोध्ने अधिकार रहेको बताए । कार्यक्रममा सामुदायिक सारथीका प्रमुख ताराबहादुर भण्डारीले सूचनाको हक कार्यान्वयन र यसको आवश्यकतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विश्वमा रहेको यसको अभ्यास र नेपालमा सूचनाको हकको प्रयोगका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी केशव सिलवाललगायतले सूचनाको हकको कार्यान्वयनले सार्वजनिक निकायको पनि जिम्मेवारी बढेको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : ४१ बजे

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको