रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा « Khabarhub

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलकाे नेताबाट सांसद डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई राजीनामा बुझाएका हुन् ।

मंसिर ४ को आमनिर्वाचनपछि रास्वपाले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता तोकेको थियो । नागरिकता विवादका कारण लामिछानको सांसदपद गुमेपछि अर्याल संसदीय दलको नेता बनेका थिए ।

पार्टीका सभापति समेत रहेका लामिछाने चितवन २ को उपनिर्वाचनबाट सांसदमा निर्वाचित भएसँगै उनलाई संसदीय दलको नेता बन्ने बाटो खुला गर्दै अर्यालले राजीनामा दिएका हुन् ।

आफ्नो राजीनामा पत्रमा अर्यालले सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रुपमा आफूले सो जिम्मेवारी लिएको उल्लेख गरेका छन् । सोमबार बस्ने संसदीय दल बैठकले रविलाई संसदीय दलको नेता तोक्ने बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : २५ बजे

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी

रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने

पोखरा- कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश