रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा « Khabarhub

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलकाे नेताबाट सांसद डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई राजीनामा बुझाएका हुन् ।

मंसिर ४ को आमनिर्वाचनपछि रास्वपाले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता तोकेको थियो । नागरिकता विवादका कारण लामिछानको सांसदपद गुमेपछि अर्याल संसदीय दलको नेता बनेका थिए ।

पार्टीका सभापति समेत रहेका लामिछाने चितवन २ को उपनिर्वाचनबाट सांसदमा निर्वाचित भएसँगै उनलाई संसदीय दलको नेता बन्ने बाटो खुला गर्दै अर्यालले राजीनामा दिएका हुन् ।

आफ्नो राजीनामा पत्रमा अर्यालले सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रुपमा आफूले सो जिम्मेवारी लिएको उल्लेख गरेका छन् । सोमबार बस्ने संसदीय दल बैठकले रविलाई संसदीय दलको नेता तोक्ने बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : २५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका