लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत « Khabarhub

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताए । उनले स्रोत साधनको परिचालनमा मितव्ययिता एवम् प्रभावकारिता कायम गर्नेतर्फ बजेट लक्षित हुने बताए ।

साथै उनले विकासको दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता राख्ने योजना रहेको सुनाए । शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानी, ऊर्जा, भवन तथा सहरी विकास लगायतका क्षेत्रमा ठूला आयोजनालाई प्राथमिकतामा राखि गौरवका आयोजनाका रुपमा विकास गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : ३४ बजे

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका