लिची खानुका फाइदा « Khabarhub

लिची खानुका फाइदा


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो लिची पाउने सिजन हो। अहिले गाउँ, सहरमा जताततै लिची हरेक पसलतिर लिची देखिन्छ। बालबालिकादेखि वृद्धासम्म हरेकलाई मन पर्ने मौसमी फलफूलमध्येको एक हो लिची। लिची देख्ने बित्तीकै हामी सबैको मुख रसाउने र खाइहालौँ जस्तो लाग्ने गर्छ। लिची भिटामिन सी तथा पोटासियमको महत्त्वपूर्ण स्रोत हो। साथै लिचिमा फलाम, क्याल्सियम, फस्फोरस जस्ता तत्त्व प्रशस्त मात्रामा पाइने चिकित्सकको भनाइ छ।

लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ। लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम हुन्छ जुन शरीरको विकासका लागि फाइदाजनक मानिन्छ। लिचीमा प्रशस्त मात्रामा पानी पाइन्छ, त्यसैले यसले यो गर्मी मौसममा शरीरलाई चिसो र हाइड्रेट राख्न मद्दत गर्छ।

लिची सेवनका फाइदा
– महिलामा हुने स्तन क्यान्सरबाट बच्न लिचीको सेवन लाभदायक मानिन्छ।
– लिची सेवनले अनुहारमा भएको चाउरीपना हट्नुका साथै अनुहारमा चमक ल्याउन मद्दत गर्छ।
– लिचीको सेवनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ।
– लिचीले बच्चाको शारीरिक विकासमा सहयोग पुर्याउँछ।
– लिची सेवनले भोक जगाउँछ।
– लिचीको दैनिक रूपमा सेवन गर्दा शरीरमा क्यान्सर कोशिकालाई बढ्न दिँदैन।
– स्मरण शक्ति वृद्धि गर्न मद्दत गर्छ।
– शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्छ।
– दमका रोगीलाई समेत लिची लाभदायक मानिन्छ।
– लिचीमा प्रशस्त फाइबर हुन्छ, जसले पाचन प्रणाली ठीक राख्न मद्दत गर्छ।
लिचिको सेवनले कपालमा चमक दिन्छ।

लिचीका बेफाइदा
लिचीमा एक प्रकारको ‘हाइपोगलाइसिन ए’ र ‘एमसिपिजी’ नामक रसायन पाइन्छ। यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ। यसले सुगरको मात्रा अचानक कम हुन्छ। यही नै मृत्युको कारण बन्न सक्ने सम्भावना रहन्छ। लिचीको अत्यधिक उपभोग गर्ने र रातिको खाना नखाई सुत्दा रगतमा चिनीको मात्रा अत्यधिक कम हुन्छ र फलस्वरूप इन्सेफलोप्याथीको लक्षणसमेत देखापर्छ।

 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ७ : ०० बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम