‘हरेक तहका सरकारले जनताप्रतिको उत्तरदायित्व निभाउनुपर्छ’ « Khabarhub

‘हरेक तहका सरकारले जनताप्रतिको उत्तरदायित्व निभाउनुपर्छ’


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताएका छन्।

गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले जनताको जीवनमा सार्थक र सकारात्मक परिर्वतन ल्याई नेपाललाई सबल, आत्मनिर्भर साथै समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्न हाम्रो संविधानले परिकल्पना गरेबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको सरकार रहेको उल्लेख गर्दै सन्देशमा हरेक तहका सरकारको जनताप्रति आ–आफ्नो उत्तरदायित्व रहेको भनिएको छ।

“लोकतन्त्रले ल्याएको यो सुन्दर व्यवस्थालाई जनमैत्री र अझै मजबुत बनाउन गण्डकी प्रदेश सरकार दृढ सङ्कल्पका साथ अघि बढिरहेको छ”, मुख्यमन्त्रीले भनेका छन्, “यो संवैधानिक व्यवस्थाको अवधारणा संस्थागत गर्न सहयोग पुग्ने गरी प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्था गरेको छ।”

संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, खानेपानी, पर्यावरणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न गणतन्त्र दिवसले हामी सबैलाई उत्साह प्रदान गर्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन्।

सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक, आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता रहेको भन्दै सन्देशमा यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : ४९ बजे

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका