टिकापुर घटनाको पुनः छानबिन हुनुपर्छ : रेशम चौधरी « Khabarhub

टिकापुर घटनाको पुनः छानबिन हुनुपर्छ : रेशम चौधरी


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन्।

डिल्लीबजार कारागारबाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग उनले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन आयोग गठन गरेर पुनः प्रक्रिया सुरु गर्नुपर्ने माग गरे।

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा भए पछि उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन। टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो। यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे।’

चौधरीले टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि आफूले सघाउने बताए। उनले थपे, ‘उहाँहरुले पनि आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरु कसरी मारिए भनेर थाहा पाउनुपर्छ। त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउँछ।’

आफूहरू  र टिकापुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै उनले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

चौधरीले टिकापुर घटनाको निरुपण सरकारले छिटो गर्नुपर्ने बताए। ‘टिकापुर घटनालाई आफ्नो नांगो आँखाले देखेका व्यक्तिहरुको वयान लिइनुपर्छ,’ चौधरीले भने, ‘जेजस्तो भए पनि यसलाई निराकरण गर्ने दायित्व राज्यकै हो। राज्यले धेरै छिटो यसको निराकरण गर्नुपर्छ।’

टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका अरु पनि छिटै रिहा हुने उनले बताए।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ९ : ३३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले