हक, अधिकारको संरक्षण गर्न गणतन्त्रलाई बलियो बनाउन आवश्यक « Khabarhub

हक, अधिकारको संरक्षण गर्न गणतन्त्रलाई बलियो बनाउन आवश्यक


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राप्त हक, अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको बताएकी छन् । 

गणतन्त्र दिवसको उपलक्ष्यमा आमनागरिकलाई शुभकामना व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री शर्माले जनताको सर्वोच्चता कायम गर्ने गणतन्त्रलाई अझ सुदृढ र  संस्थागत तुल्याउनुपर्ने धारणा व्यक्त गरिन् । उनले गणतन्त्रका कारण राजनीतिक, सामाजिक, सांस्कृतिकरूपमा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित तथा पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका सबै नेपाली नागरिकले विशिष्ट अधिकार प्राप्त गर्न सफल भएको बताइन् । 

वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै सुरु गरेको सुशासन र सहज सेवा प्रवाहको अभियानबाट विस्तारै नतिजा प्राप्त हुन थालेको उल्लेख गर्दै सञ्चारमन्त्री शर्माले शुभकामना सन्देशमार्फत भ्रष्टाचारविरुद्ध सरकारले आफ्नो दृढता प्रस्तुत गरिरहेको छ भनेकी छन् । विभिन्न सेवा प्रवाहका क्षेत्रलाई जनतामैत्री बनाउँदै लगेको, सडक, सदन तथा सञ्चारमाध्यममार्फत सार्वजनिक हुने समस्या तत्काल सम्बोधन गर्ने गरी सरकार अघि बढेको र सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको प्राथमिकतामा रहेकाले यस्ता काम अझै प्रभावकारीरूपमा अघि बढ्दै जाने उनको भनाइ छ । 

‘तमाम् बेथितिको अन्त्य गर्दै थालिने यस प्रकारका अभियानबाट राज्यप्रति जनताको विश्वास वृद्धि भई नयाँ आशाको सञ्चार हुने विश्वास व्यक्त गर्दै सञ्चारमन्त्री शर्माले हामी जो जहाँ छौँ देश र जनताको पक्षमा इमानदार भएर लागौँ भनी सबैसँग अनुरोध गरिन् । सम्पूर्ण नेपालीमा बधाइसहित शुभकामना व्यक्त गर्दै महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका तमाम आन्दोलनमा अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात, अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धासहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आमजनसमुदायप्रति उच्च सम्मान छ’, मन्त्री शर्माद्वारा गणतन्त्र दिवस, २०८० का अवसरमा जारी  शुभकामना सन्देशमा उल्लेख छ ।  

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १२ : २० बजे

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना