‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको न्यूयोर्कमा हुने | Khabarhub Khabarhub

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको न्यूयोर्कमा हुने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१६ देखि सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैटौँ संस्करण आगामी अगस्ट १२ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । ’‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित हुने अवार्ड न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुन लागेको हो ।

अवार्डका अध्यक्ष नवराज श्रेष्ठका अनुसार विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्दै नेपालमा फिल्म टुरिजम हबको ढोका खोल्न अवार्ड आयोजना गर्न लागिएको हो । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह-प्रायोजनमा हुने अवार्डको होस्ट अर्गनाइजर ड्रिम्स युनिभर्सल एलएलसी न्यूयोर्क रहनेछ ।

अवार्डको आयोजक नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसी छन् । अवार्डका अघिल्ला पाँच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।

आयोजकले अवार्डको लागि फिल्म छनोट समिति गठन भइसकेको र फिल्म छनोटको काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १२ : २५ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान