सुशासन र समृद्धिको यात्रामा कोशी प्रदेश « Khabarhub

सुशासन र समृद्धिको यात्रामा कोशी प्रदेश


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको चर्चा गरे । मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न नसक्नेमा जोड दिए ।   

उनले मुलुकमा स्थापित गणतन्त्रले सबै वर्ग, जाति र समुदायलाई मूल प्रवाहमा ल्याएकाले प्रदेशको नामकरण पछि केही शक्ति र व्यक्तिले गरिरहेका आन्दोलन एवं विरोधको कार्यक्रम पूर्णरुपमा शान्तिपूर्ण हुनुपर्छ भने ।

हिंसाको गतिविधिलाई छाडेर सरकारसँग वार्ता र संवाद गर्न अपिल गर्दै मुख्यमन्त्री कार्कीले  भने, ‘मुलुकको सद्भाव र शान्तिलाई कसैले पनि बिगार्नु हुँदैन । सहमति र वार्ताबाटै समस्या समाधान गर्नुपर्छ  आफ्नो अधिकार खोज्दा अरुको अधिकार पनि हनन् गर्नु हुँदैन ।’

गणतन्त्रमा रोजगार र सामाजिक सुरक्षाको सुनिश्चिता संविधानले नै गरेको धारणा व्यक्त गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने कुरामा जोड दिए । मुख्यमन्त्री काकीले संघीय लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहिद भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवं अपांगता भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले लोकतन्त्र र गणतन्त्रात्मक व्यवस्थाले जनताको सुशासन र अधिकार स्थापित गरेको चर्चा गरे । कार्यक्रममा लोकतन्त्र प्राप्तिमा योगदान पुर्‍याउने पत्रकार मोहनप्रसाद भण्डारी, श्यामकृष्ण राई र नरबहादुर लिम्बूलाई जनही रु एक लाखको लोकतान्त्रिक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १२ : ३५ बजे

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा