कहाली लाग्दा भीरमा महको सिकार « Khabarhub

कहाली लाग्दा भीरमा महको सिकार


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

बलेवा – कहाली लाग्दा भीर । खोला किनारदेखि पहाडको चुचुरोसम्म फैलिएका पहरा । लावालस्कर झुण्डिएका मौरीका गोला । बागलुङको ताराखोला गाउँपालिका–५ का केही सामुदायिक वन क्षेत्रमा अहिले साहसी युवा तिनै मौरीका गोलाहरू चहारिरहेका छन् ।

भीरमा झुण्डिएर युवाहरू भीर माहुरीको मह निकाल्न व्यस्त छन् । बागलुङको ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका, गलकोट नगरपालिकाको निलुवा क्षेत्र र ढोरपाटन नगरपालिकाका भीरमा मौरी पाइन्छन् । तिनै भीरमा बास गर्ने मौरीले वर्षभरि मेहनत गरेको मह युवाले साहसका साथ निकाल्ने प्रचलन छ ।

जेठ महिना लागेसँगै ताराखोलामा भीर माहुरीको मह निकाल्न थालिएको हो । यहाँका कतिपय भीरमा मङ्सिर महिनामा पनि मह निकाल्ने गरिएको छ । ठूलाभीर र जुल्फे सामुदायिक वनमा गरी १२ घार माहुरीको मह काढ्न थालिएको स्थानीय नारायण घर्ती मगरले जानकारी दिए । हालसम्म एक सय लिटर मात्र मह जम्मा भएको छ ।

भीर माहुरीको मह दुई सय मिटर अग्लो पहरामा ८० देखि एक सय २० आख्ले पराङ झारी, धुपधजा, हाचक, भुस्केटसहित पूजा गरी मह काढ्न सुरुआत गर्ने चलन छ । मह भने भिराउटेले वनको देवी देवतालाई पूजा गरेपश्चात मात्र खाने गरिन्छ । पहिले जस्तो यो वर्ष मह उत्पादन नभएको र उपयुक्त समयमा दुई सय लिटरभन्दा बढी उत्पादन हुने घर्तीले बताए । गत वर्ष सोहीे स्थानमा १६ घार माहुरीको मह काढिएको थियो । महलाई बजारमा गत वर्ष एक मानालाई रु एक हजार हजार पाँच सयमा बिक्री गरिएको थियो । यो वर्ष भने मूल्य वृद्वि गरेर रु दुई हजार माना बिक्री गरिने उनीहरूको योजना छ । यहाँका भीरबाट निकालिएको मह कतै वनको आम्दानी हुन्छ भने कतै मह निकाल्नेहरूले त्यसको फाइदा लिन्छन् ।

बडिगाडमा पनि भीरमह निकालिएको छ । केही अप्ठेरा पहरामा भने स्थानीयवासीले मह निकाल्न पाएका छैनन् । “हाम्रो पालिकाको रणसिंहकिटेनीमा १५, सिसाखानीमा २०, ग्वालीचौरमा १० मौरीका घार छन्” बडिगाडका निवर्तमान अध्यक्षसमेत रहनुभएका मह शिकारी मेहरसिंह पाइजाले भने “मैले २०५४ सालदेखि मह निकाल्न थालेको हुँ, सजिलो ठाउँमा सबैले निकाल्छन्, असजिलो परे बोलाउँछन् ।”
भीरमा गोला लगाएर घार बनाउने माहुरी बर्षा याममा पहाडको उपल्लो भागमा बस्छ भने हिउँदको चिसोमा तल्लो भागमा आफ्नो बास बनाउँछ । मंसिरमा तल्लो भागमा बनेका गोलाको मह निकाल्ने गरिएको पाईजाको अनुभव छ । उनका अनुसार, भीर मौरीको मह निकाल्न निकै कठिन हुन्छ । मह निकाल्ने बेला त्यहाँ उपस्थित भएका सबैले मह बाँडेर लिने गरेको अनुभव छ उनीसँग ।

“मैले मह काढ्दा दुई चार किलो बढी दिनुहुन्थ्यो, नभए उपस्थित भएका सबैले एक÷दुई किलो बाँडेर लिने चलन छ” उनले भने, “कतिपय भीर त ठेक्कामा लगाउने चलन पनि छ ।” भीर मौरी विश्वमै दुर्लभ र लोपोन्मुख सूचीमा पर्छ । भौगोलिक अवस्था र चरन क्षेत्रको आधारमा भीरमा मौरीले घार बनाउने गर्छ । मह सिकारका लागि करिब तीन सय मिटरभन्दा लामो चोयाको डोरीमा दुई डोरीका बीचमा काठे डन्डी छिराएर बनाएको भ¥याङ प्रयोग गर्ने गरेको अनुभव उनीसँग ।

यस भ¥याङलाई ठाडो भीरको टुप्पोमा अड्काइन्छ र यसै भ¥याङमा होसियारी र सावधानीपूर्वक चढी महको चाका काटी तल झारिन्छ । पहिले पहिले चिप्लिनबाट जोगिन नाम्लोको पातोले ढाडमा बाँधेर त्यही डोरीमा अड्याउँदै झर्ने चलन थियो । अहिले भने बजारमा पाइने सेफ्टी बेल्टले सहयोग गरेको उनी बताउँछन्। यस कार्य जोखिमयुक्त भएकाले मह सिकार कार्य वन देवताको पूजाआजा गरी मात्र सुरु गरिन्छ । बागलुङमा भीर मौरीको महलाई कतै आम्दानीको रुपमा लिइन्छ भने कतै मनोरञ्जनका लागि पनि सिकार गर्ने प्रचलन छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : ३६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ