महिलामा पिसाब चुहिने समस्या र यसको उपचार | Khabarhub Khabarhub

महिलामा पिसाब चुहिने समस्या र यसको उपचार


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय महिला प्रजनन स्वास्थ्यमा धेरै प्रकारका समस्या देखिन थालेको चिकित्सकले बताउँदै आइरहेका छन्। पिसाब चुहिने समस्याले धेरै महिलालाई सताएको हुन्छ । पिसाब चुहिने समस्याले महिलालाई शारीरिक मात्र नभई मानसिक रूपमै कमजोर बनाइरहेको हुन्छ । उनीहरुका लागि सामाजिक र दैनिक कार्यमा यो समस्या तगारो बनेको हुन्छ। महिलामा सामान्य रूपमा हाँस्दा, हाच्छ्युँ गर्दा वा खोक्दा पनि पिसाब चुहिने समस्या देखिने गरेको छ। यो बाहेक यसका विभिन्न कारणा हुनसक्छन्। यसका असरसमेत विभिन्न देखिन्छन्। सभा समारोहमा सामेल हुँदा पनि यस्तो समस्या देखिने डरले मानिस बाहिरै जान छोड्छन्। हरेक समय ट्वाइलेट भेटिन्छ भन्ने छैन। त्यो बेला त झनै समस्या हुन्छ। यसै विषयमा आधारित भएर युरोलोजिष्ट डा. अमित शाहसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

महिलाको पिसाब चुहिने समस्यालाई हामीले कसरी बुझ्ने ?
हाम्रो समाजमा महिलाले आफूमा भएको यो समस्या लुकाएर राखेको हुनाले पिसाब चुहिने समस्या धेरै फैलिएको र बढेको छ। पिसाब चुहिने समस्या पिसाब थैलीको रोग हो। कुनै कारणवश पेटमा बल गर्नुपर्यो भने पिसाब आफैँ चुहिन्छ। खोक्दा, हाच्छ्युँ गर्दा पिसाब चुहिन सक्छ। कुनै बेला त बसिरहेको बेला एक्कासी पिसाब लाग्छ। पिसाब चुहिने समस्यालाई महिलाले सामान्य ठान्छन्। तर यो समस्या सामान्य होइन। समयमै यसको पहिचान गरी उपचार गरे पिसाब चुहिने समस्याबाट छुटकारा पाउन सकिन्छ।

कस्ता महिलामा यो समस्या देखा पर्छ ?
यो समस्या विशेष गरेर शल्यक्रिया गर्दा पिसाब थैलीमा चोट लागेका महिलामा देखिन्छ। बच्चा जन्मेपछि महिलाको यौनांग वरिपरिका भाग लुज हुन्छन् र पिसाब चुहिने गर्छ। त्यस कारण यो समस्या ४० वर्ष कटेपछि वा महिनावारी रोकिएपछि धेरै देखा पर्दछ।

के कारणले वा कस्तो लापरबाहीले यस्तो समस्या देखापर्छ ?
समस्याका विभिन्न कारण हुनसक्छन्। एउटै कारणले मात्र यो समस्याा हुँदैन। यसका कारणलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ।

– हाँस्दा, खोक्दा, उठ्दा पिसाब चुहिने हुन्छ। जसले (३ वा धेरै) बच्चा जन्माएको छ र नर्मल बच्चा जन्माएको छ। लामो समय बेथा लागेको समय लामो समय रहेको छ भने यो समस्या हुन्छ।

– पिसाब गर्न हतार हुने र बारम्बार पिसाब लाग्ने समस्या स्टोन र पिसाबको इन्फेक्सनको कारणले पनि यो समस्या हुनसक्छ।

–  धेरै हिँड्ने महिलामा यो सस्या हुन्छ। किनभने उहाँहरू पब्लिक ट्वाइलेटको प्रयोग गर्नुहुन्छ। पब्लिक ट्वाइलेटको प्रयोग गरेपछि महिलामा पिसाबको इन्फेक्सन हुने चान्स धेरै हुन्छ। त्यसैले पिसाब चुहिने समस्या र पिसाबको इन्फेक्सनलाई नङ र मासुको समस्या भन्न सकिन्छ।

– कोही महिलामा कब्जियतको समस्या पाठेघरको समस्या सेतो पानी बग्ने समस्या छ भने पनि पिसाब चुहिने समस्या हुनसक्छ। त्यसैले हामीले अस्पतालमा सम्बन्धित महिलामा जाँच गरेर नै के भएको हो र के कारणले भएको भनेर थाहा पाउँछौँ।

पिसाब चुहिने समस्या लिएर अस्पताल गएपछि उपचार कसरी गरिन्छ ?
पिसाब चुहिने समस्या लिएर अस्पताल आएपछि सबै भन्दा पहिला पिसाब चुहिने समस्या के कारणले भएको हो भनेर पिसाबको जाँच भिडियो एक्स–रे गरेर हेरिन्छ। त्यसपछि महिलाले गर्भावस्थामा हुँदा तौल मेन्टेन गर्नु भएको छ भने तौल लुज गर्ने गराइन्छ। तौल लुज गरेपछि उसको पिसाब थैलीको वरिपरि रहेको पेल्विक फ्लोर मसल्समा प्रेसर कम पर्दछ। पेल्विक फ्लोर व्यायाम फिँजियो थेरापिष्टको सहयोगमा घरमा नै गर्न सकिन्छ।

यो पिसाब चुहिने समस्या तत्काल नै ठिक भइहाल्दैन। यसको लागि केहि समय लाग्छ तर कतिपय महिला एक महिना जति व्यायाम गर्नुहुन्छ र यो निको भएन भनेर छोड्नु हुन्छ। त्यसरी छोड्दा जति निको हुँदै गएको थियो भने पनि फेरि बल्झिन्छ। अहिले नेपालमा औषधि पनि धेरै आएका छन्। कुन कारणले यो समस्या भएको हो। पत्ता लगाएर औषधिले काम गरेन भने सर्जरी पनि गरिन्छ।

यो समस्या नहोस् भनेर के कुरामा ध्यान दिने ?
हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्यो हुन्छ। सार्वजनिक ट्वाइलेटको धेरै प्रयोग गर्नु हुँदैन। महिनावारी हुँदा स्यानेटरी प्याडको सफासँग प्रयोग गर्ने, श्रीमान् श्रीमतीको सम्बन्धपछि तुरुन्तै यौनाङ्ग सफा गर्ने गर्नुपर्छ। कहिले काहीँ पानी बग्ने समस्या छ भने सुरुमा नै उपचार गराउनुपर्छ।

पानी प्रशस्त खाने गर्नुपर्छ जसमा गर्मीमा तीनदेखि चार र जाडोमा एकदेखि दुई लिटर पानी पिउनु पर्दछ। चिया कफीको मात्रा कम गर्नुपर्छ। नियमित रूपमा दैनिक ३० मिनेट व्यायाम गर्दा यो समस्या कम हुँदै जान्छ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ७ : ०१ बजे

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा