तरुण दलको तदर्थ समितिमा चारसय सदस्य थप (सूचीसहित) « Khabarhub

तरुण दलको तदर्थ समितिमा चारसय सदस्य थप (सूचीसहित)


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका छन् ।

गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले सातै प्रदेशबाट सदस्यहरू मनोनयन गरेको हो ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

पार्टीभित्रको गुटउपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस स्रोतले बतायो । आन्तरिक गुटबन्दीका कारण तरुण दलसहित कांग्रेसका भ्रातृ संस्थाहरूले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन् ।

यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ९ : ३५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी