नेपालबाटै ज्ञान, शास्त्र, लिपी, सङ्गीत, वाद्यवादन, नृत्य, साहित्य र कविताको उत्पत्ति भएको हो : ओली « Khabarhub

नेपालबाटै ज्ञान, शास्त्र, लिपी, सङ्गीत, वाद्यवादन, नृत्य, साहित्य र कविताको उत्पत्ति भएको हो : ओली


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुवात भएको दाबी गरेका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताए ।

“पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो”, उनले भने, “वाद्यवादन, नृत्य, साहित्यमा नवरस र पहिलो कविता पनि यही भूमिबाट सुरु भएको हो ।”

अध्यक्ष ओलीले शिक्षा व्यावहारिक र जीवनउपयोगी हुनुपर्नेमा समेत जोड दिए । उनले व्यक्ति र समाजका लागि उपयोगी हुने खालको शिक्षा आवश्यक रहेको बताए । उनले शिक्षालयले पनि विद्यार्थीलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिनसक्ने हुनुपर्ने भन्दै मदन भण्डारी कलेजलाई नमूना कलेज बनाउन सुझाव दिए ।

विद्यार्थी असफल भए शिक्षक पनि असफल हुने भन्दै उनले शिक्षकले पनि मेहनत गर्नुपर्ने बताए । अध्यक्ष ओलीले गुरु कुट्नेहरु विद्यार्थी नहुने भन्दै सालिन, इमान्दार र विनम्रता विद्यार्थीका गुण भएको बताए ।

विद्यार्थीले रुचिअनुसारको विषय अध्ययन गर्न नपाएको उल्लेख गदै उनले भने, “अवसरले प्रतिभालाई प्रस्फुटन गराउँछ, त्यसैले अवसरलाई सदुपयोग गर्नुपर्छ ।”

अध्यक्ष ओलीले नेपालमा विकासको धेरै सम्भावना भएको  भन्दै धेर काम गर्न सकिने बताए । उनले अमेरिकाका लागि एक प्रतिशतका उत्पादकत्व वृद्धि धेरै भए पनि हाम्रा लागि भने १० प्रतिशतको वृद्धि पनि कम हुने बताए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  २ : १६ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म