सरकार गैरआवासीय नेपालीहरुसँग सहकार्य गरी समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध छ : मन्त्री खड्का « Khabarhub

सरकार गैरआवासीय नेपालीहरुसँग सहकार्य गरी समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध छ : मन्त्री खड्का


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मस्कट- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै खड्काले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै दूत गतिमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे । उनले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने विश्वास दिलाए ।

खड्काले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए । मन्त्री खड्ककाले एनआरएन नागरिकता छिट्टै कार्यान्वयनमा आउने विषयमा बोल्दै भने, ‘संविधानले परिकल्पनागरे अनुसार नागरिकता ऐन आएको छ छिट्टै नियमावलीको काम सकिन्छ । काम सुरु भइसकेको छ । सरकार र सिंगो संसद एनआरएनएको पक्षमा छ ।’

उनले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए ।

उनले भने, ‘विदेशमा सिकेको ज्ञान सीपलाई जुन क्षमता र हैसियत मा सकिन्छ त्यसरी प्रयोग गर्न छलफल गरौँ सरकारले गर्ने निर्णय गर्छ ।’ मन्त्री खड्काले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन आग्रह गरे ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ४ : ४३ बजे

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण

झन्डै ‘गोट’ हुने यात्रा छुटेको !

काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब