गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर « Khabarhub

गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युतसम्बन्धी सर्वसाधारणको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।

विद्युतसम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्छ । यस कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालयअन्तर्गत पालुङ, हेटौँडा र सिन्धुली वितरण केन्द्रका उपभोक्ताले आफ्नो गुनासो टिपाउन सक्नेछन् । तत्काल कल सेन्टरमा चार वटा फोन राखिएको र बिहान ९ देखि बेलुका ६ बजेसम्म सर्वसाधारणले कल सेन्टरमा फोन गर्नसक्ने डिभिजन प्रमुख द्विवेदीले बताए ।

उनका अनुसार यसबाट प्राधिकरणको नो लाइटको फोन उठेन भन्ने गुनासो पनि अन्त्य हुनेछ । कल सेन्टरमा अहिले बिहान ९ देखि साँझ ६ बजेसम्म फोन गर्न सकिने र केही समयपछि दैनिक १२ घन्टा सेवा दिने तयारीमा रहेको डिभिजन प्रमुख द्विवेदीको भनाइ छ ।

हेटौँडा वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले विद्युत् अवरुद्ध हुनासाथ नो लाइटमा निरन्तर फोन आउने गरेको जानकारी दिँदै अब यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । डिभिजन कार्यालयले पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्रअन्तर्गतको उपभोक्ताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ४ : ५९ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर