अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु « Khabarhub

अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाको दक्षिणी भागमा फैलिएको गर्मी र तातो हावाको लहरका कारण १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।

“यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं,” स्टर्नले भने, “तापको प्रकोपबाट हुने मृत्युलाई दुर्घटनाका रूपमा लिइन्छ, र दुर्घटना, परिभाषाअनुसार, रोकथाम गर्न सकिने मृत्यु हुन् । यी सबै मृत्युलाई रोक्न सकिन्थ्यो ।”

यसैगरी फ्लोरिडाका १४ वर्षीय युवकको टेक्सासको बिग बेन्ड नेश्नल पार्कमा शुक्रबार गर्मीका कारण उत्पन्न थकानका कारण मृत्यु भएको छ । त्यहाँको तापक्रम ११९ डिग्री फरेनहाइट अर्थात् ४८ डिग्री सेल्सियस पुगेको थियो ।

यसैगरी अन्य पीडितमा उत्तरी टेक्सासका १७ वर्षीय पदयात्री, पूर्वी टेक्सासका युटिलिटी लाइनम्यान, डलासका हुलाक कर्मचारी र लुइसियानाको तटीय राज्यका दुई जना बासिन्दा समेत रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सास ट्रिब्युनको बुधबारको रिपोर्टले टेक्सासमा गर्मीको लहर आएदेखि ३० वर्षका दुई जना पुरुषसहित कम्तीमा नौ जना कैदीको हृदयघात वा वातानुकूलित नभएको जेलमा अज्ञात कारणले मृत्यु भएको बताएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ६ : ३२ बजे

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब